logo

नेपाल बंगलादेश बैंकको ८० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन हुने

    826   पटक पढिएको

२ जेठ /अर्थ र व्यापार - नेपाल बंगलादेश बैंकको ८० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन हुने भएको छ । बैंकले जेठ १० गतेदेखि सर्वसाधारणको लागि ऋणपत्र निष्काशन गर्न लागेको हो । बैंकले ‘१०.२५ प्रतिशत एनबिबिएल डिबेन्चर २०८५’ को लागि सार्वजनिक आह्वान गरेको छ । 

सर्वसाधारणले प्रति कित्ता १००० रुपैयाँको दरमा न्युनतम २५ कित्ता र अधिकतम एक लाख कित्तासम्मको लागि आवेदन दिन पाउने छन् । बैंकले पहिलो चरणमा जेठ १४ गतेसम्म निष्काशन गर्नेछ । यदि पहिलो चरणमा बिक्री नभएमा ढिलोमा असार ८ गतेसम्म बिक्री खुला गर्ने निष्काशन तथा बिक्री प्रवन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङले जनाएको छ । 

बैंकले सर्वसाधारण तर्फको ८ लाख कित्तामध्ये ४० हजार कित्ता सामुहिक लगानी कोषका लागि सुरक्षित गरेको छ । ऋणपत्र धनीहरुले अर्द्धबार्षिक रुपमा ब्याज पाउने छन् । साउन १ र माघ १ मा व्याज भुक्तानी हुने छ । १० बर्ष अवधिको ऋणपत्र निष्काश भएको तीन महिनाभित्रमा नेपाल स्टक एक्सचेन्जमा सूचिकृत हुनेछ । बैंकले आफ्नो पुरक पूँजी बढाउनका लागि ऋणपत्र निष्काशन गरेको हो । ऋणपत्र निष्काशनका लागि गरेको क्रेडिट रेटिङ अनुसार बैंकले ‘इक्रा एनपि आइआर ट्रिपल बि प्लस’ प्राप्त गरेको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।