logo

एनसीसी बैंकद्वारा मर्जर प्रक्रियामा जानका लागि ४ जनाको अध्ययन उप–समिति गठन

    1170   पटक पढिएको

१७ असार / अर्थ र व्यापार - नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकले मर्जर प्रक्रियामा जानका लागि ४ जनाको अध्ययन उप–समिति गठन गरेको छ । बैंकको आइतबार बसेको सञ्चालक समितिको बैठकले माधव भट्टको संयोजकत्वमा ४ सदस्यीय उप–समिति गठन गरेको हो । बैंक स्रोतका अनुसार उप–समितिमा भट्टका साथै कृष्ण श्रेष्ठ, चन्द्र बास्तोला र इमानसिंह लामा छन् ।

उक्त उप–समितिले राष्ट्र बैंकको निर्देशनअनुसार मर्जरका लागि अन्य बैंकसँग अध्ययन गर्ने बताइएको छ । अध्ययनपछि तयार भएको रिपोर्ट बैंकको सञ्चालक समितिमा बुझाइने बताइएको छ । उक्त रिपोर्ट हेरेर बैंककले आवश्यक नीति अबलम्न गर्ने स्रोतको भनाइ छ । गभर्नर डा. चिरञ्जीवि नेपालले मौद्रिक नीति आउनु अगावै आफू कुन बैंकसँग मर्जरमा जाने भन्ने निर्णय गर्न निर्देशन दिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।