logo

नबिल बैंकको नबिल केयर स्किम,३ लाख ७५ हजार रुपैयाँसम्मको बीमा सुविधा

    1095   पटक पढिएको

९ मंसिर / अर्थ र व्यापार- नबिल बैंक लिमिटेडले २५ हजार रुपैयाँ खातामा राख्ने बचतकर्तालाई ३ लाख ७५ हजार रुपैयाँसम्मको बीमा सुविधा उपलब्ध गराउने स्किम सार्वजनिक गरेको छ । बैंकले मेट लाइफसँगको सहकार्यमा १३ वटा घातक रोगको उपचार खर्च उपलब्ध गराउने स्किम ल्याएको हो । बैंकले बीमा स्किमलाई “नबिल केयर”नाम दिएको छ । 

नबिल केयरले खातावालालाई मात्र बीमा सुविधा दिन्छबैंकको जुनसुकै बचत खातामा ग्राहकले २५ हजार रुपैयाँ जम्मा गर्नुपर्छ । नियमित ब्याजसँगै यो सुविधा उपलब्ध हुनेछ । १६ देखि ६५ बर्षसम्म उमेरका बचतकर्तालाई बीमा स्किमले समेट्नेछ ।
क्यान्सर, हृदयघात, कलेजो खराबी, मृगौला खराबी, फोक्सो खराबी, कोमा, स्ट्रोक, मुटु भल्भ सर्जरी, फुलमिनेन्ट हेपटाइटिस, एप्लास्टिक एनिमिया, गम्भिर कोरोनरी धमनी रोग, प्राथमिक पल्मनरी उच्च रक्तचाप,प्रमुख अंगरबोनम्यारो प्रत्योरोपण लगायत १३ प्रकारका घातक रोगमा बीमा उपलब्ध हुने बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहले वताए ।

उपचारका लागि बीमा बापत ३ लाख रुपैयाँ उपलब्ध हुनेछ । उपचारका क्रममा बिरामीको मृत्यु भएमा ३ लाखका साथै परिवारलाई थप ७५ हजार रुपैयाँ पनि उपलब्ध हुनेछ । बैंकका प्रमुख कार्यकारी अधिकृत शाहले घातक रोग लागेको सीफारिस डाक्टरले गर्ने बित्तिकै मेट लाइफमार्फत १५ दिनभित्र तीन लाख रुपैयाँ उपलब्ध हुने जानकारी दिए । उपचारका क्रममा कसैको एक लाख मात्र खर्च भए पनि कम्पनीबाट ३ लाख रुपैयाँ उपलब्ध हुनेछ ।

नबिल बैंकले बचतकर्ताको प्रिमियम मेट लाइफलाई तिरिदिन्छ । यसमा बार्षिक करिव १५ करोड रुपैयाँ खर्च हुने शाहले जानकारी दिए । बिरामी भएपछि डाक्टरको सीफारिस बैंकको शाखामा लैजानु पर्छ । शाखाले बीमा कम्पनीमा पु¥याइदिन्छ । त्यसपछि १५ दिनमा बचतकर्ताले ३ लाख रुपैयाँ प्राप्त गर्ने छन् ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।