logo

मुक्तिनाथ विकास बैंकद्वारा ‘मुक्तिनाथ जीवन बरदान योजना ’ सार्वजनिक

    1329   पटक पढिएको

१६ बैशाख /अर्थ र व्यापार - मुक्तिनाथ विकास बैंकले ‘मुक्तिनाथ जीवन बरदान योजना’ अन्तर्गत तीन नयाँ बचत खाताहरु सञ्चालनमा ल्याएको छ । यस योजना अन्तर्गत मुक्तिनाथ जीवन बरदान, मुक्तिनाथ जीवन वरदान प्लस र मुक्तिनाथ जीवन वरदान प्रिमियम खाताहरु रहेका छन् । यस योजना अन्तर्गत ग्राहकले दश हजार न्युनतम मौन्दातमा ५ लाख सम्मको क्यान्सर रोग उपचार बीमा वा १० लाख सम्मको दुर्घटना मृत्यू बीमा को सुविधा प्राप्त गर्नेछन् । साथै, २० हजार न्युनतम मौन्दातमा ५ लाख सम्मको क्यान्सर रोग उपचार बीमा र १० लाख सम्मको दुर्घटना मृत्यू बीमा (दुवै सुविधा ) प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

यस बचत योजना अन्तर्गतका माथि उल्लेखित बीमा सेवाका अतिरिक्त दैनिक मौज्दातमा वार्षिक ७ प्रतिशत ब्याज (मासिक ब्याज भुक्तानी ), निः शुल्क आश्वा सेवा, निः शुल्क अन्तर शाखा कारोबार, निः शुल्क मोबाइल बैकिंङ्ग सुविधा तथा इन्टरनेट बैकिङ्ग सुविधाका साथै निः शुल्क, भिसा कार्ड, र देशैभरी भिसा नेटवर्क अन्तर्गत रहेका करिब तीन हजार बाट निः शुल्क रकम झिक्न मिल्ने व्यवस्था गरिएको छ । बैंकको यो सेवा ११४ वटै शाखाहरुबाट लिन सकिने छ । यो बचत खाता खोल्ने ग्राहकले किराना अनलाइन स्टोर सँग सहकार्य गरी ५ सय रुपैयाँ बराबरको किराना अनलाइन किनमेलको भौचर सुविधा पनि उपलब्ध गराउने छ । हाल यो सुविधा काठमाडौं, ललितपुर तथा भक्तपुर जिल्ला अन्तर्गतका शाखा कार्यालयहरुमा मात्र उपलब्ध हुनेछ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।