logo

पहिलो त्रैमासमा मिथिला लघुवित्त विकास बैंकको नाफा २४२ प्रतिशत बढ्यो

    1240   पटक पढिएको


२१ कात्तिक/अर्थ र व्यापार– मिथिला लघुवित्त  विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा एक करोड ५७ लाख ६३ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

बैंकको खुद ब्याज आम्दानी सँगै सञ्चालन आम्दानी दुई सय प्रतिशत बढेपछि नाफा पनि उल्लेख्य रुपमा बढेको हो । 

बैंकले सार्वजानिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आवको सोही अवधिमा करीब ४६ लाख नाफा कमाएको थियो । तर चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीको नाफा २४२.५२ प्रतिशतले बढेको हो । 

कम्पनीको खराब वा निष्क्रिया कर्जा समेत १.१४ प्रतशित विन्दु घटेर १.३८ प्रतिशतमा झरेकाले नाफामा झन्डै साढे दुई सय प्रतिशतको वृद्धि भएको हो । असोज मसान्तसम्ममा लघुवित्तले ३१ लाख ८८ हजार रुपैयाँ खराब कर्जा उठाउन सफल भएको छ ।

असोज मसान्तसम्म कम्पनीको खुद ब्याज आम्दानी ३६ प्रतिशतले बढेर २ करोड ५६ लाख रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा यस्तो आम्दानी एक करोड ८८ लाख रुपैयाँ थियो ।

बैंकको सञ्चालन आम्दानी गत आवमा ७१ लाख ८४ हजार रुपैयाँ थियो भने यस आवको पहिलो त्रैमासमा बढेर करीब २ करोड १६ लाख रुपैयाँ पुगेको छ ।

कम्पनीको चुक्ता पुँजी हाल १२ करोड १७ लाख ४० हजार रुपैयाँ छ । यसको  जगेडा कोषमा ८ करोड ४५ लाख ६७ हजार रुपैयाँ सञ्चित छ । 

असोज मसान्तसम्ममा कम्पनीले ९१ करोड ४१ लाख ९१ हजार रुपैयाँ सापटी तथा ४१ करोड १६ हजार रुपैयाँ निक्षेपबाट कुल १ अर्ब ४५ करोड ५८ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । 

असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ५१.७९ रुपैयाँ कायम  छ भने प्रतिशेयर नेटवर्थ १६९.४७ रुपैयाँ रहेको छ । यसको सेयरबाट हालको आम्दानीको तुलनामा यसको बजार मूल्य (मूल्य आम्दानी अनुपात) १४.३३ गुणा छ । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।