logo

मितेरी डेभलपमेन्ट बैंकको बोनस शेयर सुरक्षित गर्ने आज अन्तिम दिन

    891   पटक पढिएको

१४ फागुन /अर्थ र व्यापार  - मितेरी डेभलपमेन्ट बैंकको गत आर्थिक वर्षको नाफाबाट वितरण गर्न प्रस्ताव गरेको १७ प्रतिशत बोनस शेयर सुरक्षित गर्ने फागुन १४ गते मंगलबार अन्तिम दिन रहेको छ । फागुन १३ गते सोमबार बैंकको शेयर प्रतिकित्ता २८० रुपैयाँमा कारोबार भएको छ ।  बैंकले चैत ९ गते आह्वान गरेको १३ औं वार्षिक साधारण सभाका लागि फागुन १५ गतेदेखि शेयरधनी दर्ता पसस्तिका बन्द गर्ने भएकाले मंगलबारसम्म काय रहने शेयरधनी मात्र बोनस पाउन योग्य हुनेछन् ।

बैंकको साधारण सभाले १७ प्रतिशत बोनस (८ करोड पचास लाख रुपैयाँ बराबरको) शेयर कर वापतको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। बैंकले तेह्रो वार्षिक साधारण सभा चैत ९ गते बिहान ११ बजे गोर्खा किचन धरान, सुनसरीमा डाकेको छ । यस्तै अन्य एजेण्डाहरुमा उपयुक्त अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर प्राप्तीका लागि आवश्यक प्रकया अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, बैंकको सम्पत्ति तथा दासयत्व मूल्याङ्कनकर्ता नियुक्ति र पारिश्रमिक निर्धारण, तथा बैंकको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संसोधन गर्न सञ्चालक समतिलाई अख्तियारी दिने रहेका छन् ।

यस्तै संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने तीन जना सञ्चालक नियक्त गर्ने लगायतका अन्य एजेण्डा पनि सभामा रहेको छ । हाल बैंकको चुक्ता पूँजी ५० करोड रुपैयाँ छ । बोनसपछि उसको चुक्ता पूँजी ५८ करोड ५० लाख पुग्नेछ । 


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।