logo

मिर्मिरे माईक्रोफाईनान्सको ५० प्रतिशत हकप्रद खुल्यो

    1263   पटक पढिएको

५ असार / अर्थ र व्यापार - मिर्मिरे माईक्रोफाईनान्सले असार ५ गतेदेखि सोमबारदेखि चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद सेयर विक्री खुला गरेको छ । लघुवित्तले एक करोड पचास लाख रुपैयाँको एक लाख ५० हजार कित्ता हकप्रद जारी गरेको हो । 

असार ५ गते निष्काशन खुला भएको मिर्मिरे माईक्रोफाईनान्सको हकप्रद साउन ८ गते बन्द हुनेछ । कम्पनीले जेठ १७ गते सेयरधनी किताब बन्द गरेकाले त्यसभन्दा अघिल्लो दिन जेठ १६ गतेसम्म सेयर किनेका लगानीकर्ताले मात्र ५० प्रतिशत हकप्रद भर्न पाउनेछन् ।

हकप्रद निष्काशनका लागि लघुवित्तले प्रभु क्यापिटललाई सेयर विक्री प्रबन्धक नियुक्त गरेको छ । हकप्रदमा प्रभु क्यापिटल कमलादी तथा मिर्मिरे माईक्रोफाईनान्सको शाखाहरु बनेपा काभ्रे, भरतपुर चितवन, फेनहरा शाखा,नवलपरासी, हेटौडा मकवानपुर, चरिकोट दोलखा, पशुपतिडाँडा धादिङ र कालिकास्थान रसुवाबाट आवेदन सक्नेछन् ।

यस्तै प्रभु बैंकका शाखाहरु रंगेली रोड विराटनगर, आदर्शनगर वीरगञ्ज, मिलन चोक बुटवल, गोदावरी रोड धनगढी र सुर्खेतरोड नेपालगंजबाट समेत आवेदन बुझ्ने व्यवस्था छ । हकप्रद जारीपछि लघुवित्तको चार करोड ५० लाख रुपैयाँ चुक्ता पूँजी पुग्नेछ ।
गत आर्थिक बर्षको कमाईबाट ५० प्रतिशत बोनस प्रदान गरेको मिर्मिरेको हाल तीन करोड रुपैयाँ चुक्ता पुँजी रहेको छ ।

माईक्रोफाईनान्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा एक करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी वार्षिक ५४ दशमलव १८ रुपैयाँ कायम गरेको छ । कम्पनीको सेयर नेप्सेमा आईतबार प्रतिकित्ता २३१९ रुपैयाँमा कारोबार भएको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।