logo

जेष्ठ नागरिक र विद्यार्थीहरुका लागि महालक्ष्मी विकास बैंकद्वारा सहयोग प्रदान

    1140   पटक पढिएको

२१ फागुन/ अर्थ र व्यापार  - महालक्ष्मी विकास बैंकले आर्थिक स्थिति कमजोर भएका विद्यार्थीहरुका लागि छात्रबृति दिएको छ । बैंकको बैलौरी शाखाले बेलौरी नगरपालिका वार्ड नं ५, रामनगर कञ्चनपुर स्थित श्री जन नमुना माध्यमिक विद्यालयका जेहेन्दार तथा आर्थिक स्थिति कमजोर भएका १० जना विद्यार्थीहरु छनोट गरी कुल २५ हजार रुपैयाँ छात्रवृती स्वरुप प्रदान गरेको छ ।

यसैगरी बैंकको धार्के शाखाले धादिङ्ग जिल्लाको तसर्पु गाउँमा बसोबास गर्ने विपन्न वर्गीय जेष्ठ नागरिकहरु तथा स्थानीय विद्यालयका विद्यार्थीहरुका लागि स्वस्थकर खाना खुवाउने उद्देश्यले प्रेम सागर फाउन्डेसनद्वारा सञ्चालन गरिएको फुड फर पिपुल अभियानका लागि कुल रकम २५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । बैंकको उक्त सहयोगबाट करिब ४५० विद्यार्थी तथा जेष्ठ नागरिकहरु लाभान्वित भएका छन ।

बैंकले आगामी दिनहरुमा अनवरत रुपमा अझ प्रभावकारी सामाजिक हितका कार्यहरु गर्ने प्रतिबद्धता जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।