logo

मेरो माइक्रोफाइनान्सद्वारा जेठ ७ गतेदेखि २ लाख ९ हजार कित्ता शेयर लिलामीमा बिक्री गरिने

    1042   पटक पढिएको

६ जेठ /अर्थ र व्यापार -  मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले २ लाख ९ हजार ६४९ कित्ता शेयर लिलामीमा खुलाउने भएको छ । कम्पनीले जेठ ७ गतेदेखि सर्वसाधारण समूहको शेयर लिलामी प्रक्रिया मार्फत बिक्री गर्न लागेको हो । लगानीकर्ताले जेठ १४ गते दिउँसो ३ बजे भित्र आवेदन दिइसक्नुपर्नेछ । प्रतिकित्ता न्यूनतम १०० रुपैयाँलाई आधार मानेर मूल्य बढाबढका आधारमा लिलामी भर्नुपर्ने हुन्छ ।

न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिने छ । मेरो माइक्रोफाइनान्सले गत फागुन १९ देखि चैत्र २४ गतेसम्म १०० प्रतिशत हकप्रद शेयर बिक्री गरेको थियो । कम्पनीले १ बराबर १ को अनुपातमा ३२ लाख ८९ हजार कित्ता हकप्रद शेयर बिक्री खुला गरिएकोमा ३० लाख ७९ हजार ३५१ कित्ता मात्र बाँडफाँट भएको थियो । त्यसबेला बिक्री हुन बाँकी रहेको शेयर अहिले लिलामी गर्न लागिएको हो । 

बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल, जमल काठमाडौंबाट बोलपत्र पेश गर्न सकिने छ । यस्तै, ग्लोबल आइएमई बैंकको बिर्तामोड, जनकपुर, हेटौंडा, विराटनगर, नारायणढ, वीरगञ्ज, पोखरा, बाग्लुङ्ग, दाङ,  नेपालगञ्ज, सुर्खेत, बुटवल, धनगढी र महेन्द्रनगर शाखाबाट पनि लिलामी भर्न सकिनेछ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।