logo

लघुवित्तीय सेवा प्रदान गदै आएको मेरो माइक्रोफाइनान्सको दोस्रो त्रैमासमा खुद नाफा दोब्बर

    792   पटक पढिएको

१३ माघ/ अर्थ र व्यापार - मेरो माइक्रोफाइनान्सको चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा खुद नाफा दोब्बर भएको छ । उक्त माइक्रोफाइनान्सको नुवाकोटमा बट्टारमा केन्द्रीय कार्यालय रहेकोे छ । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा ३ करोड ४५ लाख रुपैयाँ खुद नाफा कमाएको माइक्रोफाइनान्सले ६ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको हो ।

माइक्रोफाइनान्सको खुद नाफा गत वर्षको तुलनामा २ करोड ७३ लाख रुपैयाँले बढी हो । समीक्षा अवधिमा कम्पनीले ९६ करोड ४२ हजार निक्षेप संकलन तथा दुई अर्ब ६३ करोड ७३ लाख रुपैयाँ बैंकहरुबाट सापटी लिएर तीन अर्ब ९९ करोड ४७ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ । माइक्रोफाइनान्सले आफ्नो खुद ब्याज आम्दानी ४६.५७ प्रतिशतले सुधार गर्दै १५ करोड ७ लाख रुपैयाँ आर्जन गरेको छ । कम्पनीले गत वर्ष यसै अवधिमा १० करोड २८ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो ।

कम्पनीको सञ्चालन नाफा ९ करोड ७२ लाख रुपैयाँ छ । यस अवधिमा कम्पनीको खराब कर्जा अनुपात भने १.२८ बाट बढेर १.८७ प्रतिशतमा पुगेको छ । ३२ करोड ८९ लाख चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा १३ करोड ८६ लाख रुपैयाँ संचित छ । समीक्षा अवधिमा १५ प्रतिशतले पूँजी बढाएको माइक्रोफाइनान्सको प्रतिशेयर आम्दानी २४ रुपैयाँ १६ पैसाबाट बढेर ३७ रुपैयाँ ६२ पैसा पुगेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ १४२ रुपैयाँ १५ पैसा र मूल्य आम्दानी अनुपात ३९.४६ गुणा बढी छ ।

राष्ट्रिय स्तरको यस माइक्रोफाइनान्सले व्यवसाय विस्तारका लागि पूँजी वृद्धि गर्न शतप्रतिशत हकप्रद जारी गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीको हाल कायम चुक्ता पूँँजी ३२ करोड ८९ लाख रुपैयाँ बराबरको हकप्रद निष्काशन अनुमति माग गरेको हो । हकप्रदपछि कम्पनीको चुक्ता पूँजी ६५ करोड ७८ लाख रुपैयाँ पुग्नेछ ।

ग्लोबल आइएमई बैंक सहित आठ वाणिज्य बैंक र दुई विकास बैंकको अग्रसरतामा २०७० असार ३० मा यो कम्पनी स्थापना भएको थियो । कम्पनीमा ६९.४ प्रतिशत संस्थापक र ३०.६ प्रतिशत साधारण शेयर स्वामित्व रहेको छ । कम्पनीले हाल ४८ जिल्लामा ८६ शाखा कार्यालय मार्फत लघुवित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।