logo

बालगृहलाई मेगा बैंकद्वारा एक लाखको सहयोग 

    1503   पटक पढिएको

८ साउन / अर्थ र व्यापार – मेगा बैंक नेपाल लिमिटेडले बौद्धस्थित ‘गरीब तथा अनाथ बालिका गृह’लाई  एक लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । शनिबार काठमाडौंमा आयोजित बैंकको आठौँ स्थापना दिवसका अवसरमा बैंकका अध्यक्ष भोजबहादुर शाह र प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले अनाथ गृहका पूर्णमाया गुरुङलाई रकम हस्तान्तरण गरेका हुन् ।

वार्षिकोत्सवका अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत समाजसेवामा सक्रिय संस्थालाई बैंकले प्रत्येक वर्ष सो रकम सहयोग गर्दै आएको हो । देशका विभिन्न स्थानमा ४७ शाखा रहेको सो बैंकले ५८ स्थानबाट अत्याधुनिक शाखारहित बैंकिङ सेवा तथा ५० एटिएम सञ्चालन गरेको छ ।

‘हलोदेखि हाइड्रोसम्म’ भन्ने मुल नाराका साथ सात वर्ष अगाडि दुई अर्ब ३३ करोड रुपैयाँ चुक्ता पूँजीबाट स्थापना गरिएको सो बैंकको अहिले चार अर्ब ५८ करोड रुपैयाँ चुक्ता पूँजी पुगेको छ । दुई अर्ब ५७ करोड रुपैयाँ बराबरको हकप्रद शेयर जारी गर्ने तयारीमा रहेको संस्थाको टुरिजम डेभलपमेण्ट बैंकसँग एकीकरणको प्रक्रिया अन्तिम चरणमा पुगेको छ । सो एकीकरणपछि बैङ्कको चुक्ता पूँजी  नौ अर्ब ५० करोड रुपैयाँ पुग्नेछ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।