logo

मौद्रिक नीतिमा स्प्रेड दर ५ प्रतिशतबाट ४.८ प्रतिशतमा झारिने, केही व्यवस्थाले निरन्तरता पाउँदै

    1378   पटक पढिएको


२६ आषाढ/अर्थ र व्यापार– राष्ट्र बैंकले बुधबार सार्वजनिक गर्न लागिएको आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा स्प्रेड दर घटाउने भएको छ ।

 नेपाल राष्ट्र बैंकले पाँच बर्षपछि निक्षेपमा दिने र कर्जामा लिने ब्याजको अन्तर (स्प्रेड) दर घटाउने भएको हो । पाँच प्रतिशत रहेको स्प्रेड दरलाई ४.८ प्रतिशतमा झार्न लागिएको हो ।

राष्ट्र बैंकले २०७० असोज २४ गतेबाट पहिलो पटक स्प्रेड दर कार्यान्वयमा ल्याएको थियो ।

बैंकहरुले स्प्रेड दरलाई गम्भिर रुपमा नलिइ मनपरी गर्न थालेपछि राष्ट्र बैंकले २०७४ फागुन २८ गते कारवाही गरिने निर्देशनसमेत जारी गरेको थियो । त्यसपछि चैतको वित्तीय विवरण सार्वजनिक गरेका बैंकमध्ये तीन वटाले पाँच प्रतिशतभन्दा माथि स्प्रेडमा काम गरेको फेला परेको थियो ।

बैंकले चालु वर्षकै मौद्रिक नीतिमा पनि स्प्रेड दर घटाउने घोषणा गरेपनि घटाएर कतिमा झार्ने उल्लेख गरेको थिएन। यसपाली भने ’पाँच बर्षे वित्तीय क्षेत्र विकास रणनीति’ अनुसार स्प्रेड दर ४.८ प्रतिशतमा झार्ने घोषणा गर्न लागेको छ । 

यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत बैंकहरुको नाफा उच्च भएको भन्दै ब्याज दर नियन्त्रणका लागि स्प्रेड दर घटाउन राष्ट्र बैंकलाई दवाव दिएको थियो । 

स्प्रेडका बारेमा बाणिज्य बैंकहरुले नबोले पनि विकास बैंकहरुले ६ प्रतिशत पुर्याउन माग गर्दै आएका थिए । लघुवित्त संस्थाहरुको व्याजमा लगाइएको अंकुसलाई फुकुवा गर्ने पक्षमा राष्ट्र बैंक छ । सरकारी दबाबमा राष्ट्र बैंकले लघुवित्तहरुले १८ प्रतिशतभन्दा बढीमा ऋण दिन नपाउने व्यवस्था गरेको थियो ।

राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत बजारको ब्याज दरलाई सुविधाजनक अवस्थामा पुर्याउन पनि केही नीतिहरु लिने भएको छ। खासगरी आधार ब्याज दरमा जोडिने प्रिमियम ब्याजका बारेमा राष्ट्र बैंकले बोल्ने छ ।

राष्ट्र बैंकले शेयर धितो कर्जाका बारेमा पनि केही व्यवस्था गर्ने छ। दुईमध्ये एक विकल्प अपनाएर शेयर लगानीकर्ताहरुको ’मार्जिन कल’ को समस्या संवोधन गर्ने पक्षमा राष्ट्र बैंक छ। यसबारेमा अर्थमन्त्रीसँग कुराकानी गर्ने पक्षमा राष्ट्र बैंक छ।

राष्ट्र बैंकले संस्थापक निक्षेपको हकमा पनि संवोधन गर्ने छ। अहिले कुल निक्षेपको ४५ प्रतिशत मात्र संस्थागत निक्षेप लिन पाइने ब्यवस्था छ। यसमा एउटै संस्थाबाट निश्चित प्रतिशतभन्दा बढी लिन नपाइने व्यवस्था गर्न लागिएको छ।

यस्तै, राष्ट्र बैंकले घरजग्गा धितोमा दिइने ऋण, गाडी, रियलस्टेटलगायत क्षेत्रमा दिइने ऋणमा कडाइ गर्दैछ भन्ने चर्चा चलिरहेको सन्दर्भमा राष्ट्र बैंकका उच्च अधिकारीहरुका अनुसार, चालु मौद्रिक नीतिमा भएका ब्यवस्थाभन्दा थप कडिकडाउ गर्ने पक्षमा राष्ट्र बैंक नभएको बताए । 

गाडी कर्जा ६५ बाट ५० मा झार्ने चर्चा चलिरहँदा मौद्रिक नीति लेखनमा संलग्न स्रोतहरुले यस बारेमा छलफलै नभएको बताएका छन् ।

निजी क्षेत्रलाई सुन आयात गर्न दिने नीति पनि राष्ट्र बैंकले ल्याउँदै छैन । बाणिज्य बैंकहरुले मात्र आयात गर्न पाउने ब्यवस्थाले निरन्तरता पाउने छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।