logo

असोज २५ गते मञ्जुश्री फाइनान्सले डाक्यो विशेष सधारण सभा

    1211   पटक पढिएको

३ असोज / अर्थ र व्यापार – मञ्जुश्री फाइनान्स कम्पनीले असोज २५ गते विशेष साधारण सभा डाकेको छ । फाइनान्सले बोनस सेयरबाट राष्ट्र बैंकले तोकेको ८० करोड रुपैयाँ चुक्ता पूँजी कायम गर्न नसकेपछि सेयरधनीलाई पाँच प्रतिशत हकप्रद सेयर जारी गर्न विशेष साधारण सभा डाकेको हो ।

असोज २५ गते बिहान ११ बजे थापागाँउ ब्याङ्क्वेट थापागाँउमा बोलाएको सभामा पाँच प्रतिशत हकप्रद जारी प्रस्ताव पेश हुनेछ । त्यस्तै हकप्रद निष्काशन गरेपछि जारी तथा चुक्ता पूँजी वृद्धि हुने भएकाले विनियमावली संसोधन लगायतका अन्य अख्तिायारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि पेस हुँदैछ ।

विशेष साधारण सभाका लागि मञ्जुश्री फाइनान्सले असोज ९ गते सेयरधनी किताब बन्द (बुक क्लोज) गर्ने मिति निर्धारण गरेको छ । यसअनुसार असोज ८ गतेसम्म कायम रहेका सेयरधनी सभामा सहभागि हुन पाउनेछन् । फाइनान्सले यसअघि गत माघ ६ गतेदेखि फागुन ११ गतेसम्म चुक्ता पूँजीको १७५ प्रतिशतले हुन आउने ४३ लाख ८६ हजार ३७५ कित्ता हकप्रद सेयर बिक्री गरिसकेको छ ।

हाल फाइनान्स कम्पनीको चुक्ता पूँजी ७२ करोड ४३ लाख ७९ हजार रुपैयाँ रहेको छ । हकप्रद विक्रीपछि फाइनान्सको चुक्ता पूँजी ७६ करोड पाँच लाख ९७ हजार रुपैयाँ पुग्नेछ । गत आवमा फाइनान्सले ६ करोड ४२ लाख ९० लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी ८ रुपैयाँँ ८८ पैसा कायम गरेको छ । फाइनान्सको सेयरमूल्य सोमबार प्रतिकित्ता १४६ रुपैयाँमा कारोबार भएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।