logo

महालक्ष्मी विकास बैंकद्वारा ‘मेरो बचत खाता’ योजना सार्वजनिक

    1370   पटक पढिएको

३ बैशाख /अर्थ र व्यापार - यस महालक्ष्मी विकास बैंकले नव वर्ष २०७६ को अवसरमा ग्राहक वर्गलाई बैंकमा खाता खोल्न प्रोत्साहन गर्दै खौलौं बैंक खाता अभियान २०७६ अन्तर्गत ‘मेरो बचत खाता’ बजारमा ल्याएको छ । बैशाख १ गतेदेखि खोल्न सकिने मेरो बचत खाता अन्तर्गत खाता खोल्ने ग्राहकलाई बैकले एक सय रुपैयाँ खातामा जम्मा गरिदिने जनाएको छ ।

साथै बचतमा उच्चतम ७ प्रतिशतसम्मको त्रैमासिक ब्याजदर, निःशुल्क चेकबुक लगायतनिःशुल्क एबिबिएसको सुविधा दिने बैंकले उल्लेख गरेको छ । यस बैंकमा मेरो बचत खाता खोल्ने प्रकृया निकै नै सरल रहेको छ जसमा ग्राहकको नागरिकता, राहदानी, फोटो सहितको मतदाता परिचयपत्र, सवारी चालक अनुमतीपत्र अथवा कुनै पनि सरकारी निकायले जारी गरेको फोटो सहितको ग्राहकको परिचय खुल्ने कागजातको आधारमा खाता खोल्न सकिने छ ।

बैंकको देशभर ९२ वटा शाखा तथा ३५ वटा एटिएम मार्फत बैकिङ्ग कारोबार गर्दै आएको यस बैंकले आगामी दिनहरुमा आफ्ना ग्राहकलाई थप सेवा–सुविधा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।