logo

महालक्ष्मी विकास बैंक दमौली शाखाद्वारा प्रहरीलाई ज्याकेट प्रदान

    1028   पटक पढिएको

१३ बैशाख / अर्थ र व्यापार- महालक्ष्मी विकास बैंक लि.ले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न शाखाहरुबाट विभिन्न कायक्रमहरु गर्दै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिँदै दमौली शाखाले जिल्ला प्रहरी कार्यालय तनहूँलाई १ सय थान फ्लोरेसेन्ट ज्याकेट हस्तान्तरण गरेको छ । समाजमा अपराध तथा सवारी दुर्घटना बढिरहेको अवस्थालाई मध्यनजर गर्दै अपराध नियन्त्रण र सवारी दुर्घटना रोकथामका लागि सहज होस् भन्ने मनसायले उक्त ज्याकेट प्रदान गरिएको शाखाले बताएको छ ।

जनताको सुरक्षाका लागी अहोरात्र खट्ने प्रहरीलाई सजिलै देख्न सक्ने र सम्भावित दुर्घटनालाई कम गर्नेछ भन्ने अपेक्षा राखेर ज्याकेट प्रदान गरिएको दमौली शाखाका प्रबन्धक सुदिप न्यौपानेले बताए । ५८ हजार रुपैयाँ बरावरका १०० थान फ्लोरेसेन्ट ज्याकेट प्रबन्धक सुदिप न्यौपानेले जिल्ला प्रहरी कार्यालय तनहूँका प्रहरी उपरिक्षक अरुण पौडेललाई हस्तान्तरण गरे ।

उक्त अवसरमा प्रहरी उपरिक्षक अरुण पौडेलले बैंकको यो सामाजिक उत्तरदायित्व अन्तर्गतको कार्यक्रमले प्रहरीलाई आफ्नो कार्य गर्न थप टेवा पुग्ने बताए । उक्त अवसरमा जिल्ला ट्राफिक कार्यालय तनहूँका प्रमुख डोलेन्द्र बहादर हमालले बैंकको यो कार्यले रातमा पनि सवारी साधनहरुको चेकजाँच गर्न अझ सहज हुने बताए ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।