logo

सल्यानको शाखामा माछापुच्र्छे बैंकले गर्यो बृहत निःशुल्क स्वास्थ्य शिविर

    1422   पटक पढिएको

१९ असार / अर्थ र व्यापार – माछापुच्र्छे बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत असार १७ गते सारदा नगरपालिका १५ स्थित माल्नेटा, सल्यानमा बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । उक्त स्वास्थ्य शिविर मार्फत ५ सय ३० भन्दा बढी बिरामीले स्वास्थ्य परिक्षण गराई करीव पाँच लाख बराबरको निःशुल्क औषधी समेत वितरण गरिएको थियो ।

कार्यक्रम कान्तिपुर सामुदायिक अस्पताल प्रालिको सहकार्यमा भएको हो । यस बैंकले नेपाल अधिराज्यभर छरिएर रहेका आफ्ना शाखा कार्यालयहरु मार्फत देशको सामाजिक, आर्थिक, शैक्षिक तथा खेलकुद लगायतका क्षेत्रको बिकासमा उल्लेख्य योगदान गर्दै आएको छ साथै भविष्यमा पनि यस्ता कार्यक्रमहरु जारी राख्ने छ ।

पोखराबाट २०५७ सालमा बैंकिङ कारोवार शुरु गरेको यस बैकको कुल शाखा संख्या ५६, एक्स्टेन्सन काउण्टर १ का साथै आफ्नै एटिएमको संख्या ७३ रहेको छ । रु. ६ अर्ब ५९ करोड ८७ लाख चुक्ता पुँजी रहेको यस बैकले २०७३ साल चैत्रमसान्त सम्ममा रु ५८ अर्ब ४८ लाख निक्षेप परिचालन गरी रु. ५३ अर्ब ५८लाख कर्जा प्रवाह गरेको छ । सो अवधिमा १ अर्व ५१ लाख खुद मुनाफा आर्जन गरेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।