logo

माछापुच्छ्रे बैंकको नाफा बढ्यो

    995   पटक पढिएको

 २० माघ / अर्थ र व्यापार - माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । बैंकले यस अवधिसम्म अधिकांश सूचकहरुमा सुधार गरेको देखिन्छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासम्म आइपुग्दा बैंकले ८२ करोड १८ लाख रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको नाफा खुद नाफा ५ प्रतिशतले बढी हो । गत वर्ष यसै अवधिमा बैंकले ७८ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

पुस मसान्तसम्म आइपुग्दा बैंकको वितरण योग्य नाफा ६० करोड ६३ लाख रुपैयाँ रहेको छ । ८ अर्ब ४५ करोड ८४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा २ अर्ब ५ करोड ४९ लाख रुपैयाँ सञ्चित छ ।

बैंकको खुद ब्याज आम्दानी १७ प्रतिशत र सञ्चालन नाफा ८ प्रतिशतले बढेको छ । बैंकले यस अवधिसम्म १ अर्ब ८९ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । समिक्षा अवधिसम्म संचालन मुनाफा भने १ अर्ब २३ करोड रुपैयाँ आर्जन गरेको छ ।

पुस मसान्तसम्ममा बैंकले ९७ अर्ब ५२ करोड ३९ लाख रुपैयाँ निक्षेप सङ्कलन गरी ८७ अर्ब ५४ करोड ६६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा निक्षेप संकलन १४.४९ प्रतिशत र कर्जा लगानी १७.२७ प्रतिशतले बढाउन सफल भएको छ ।

खराब कर्जा ०.०१ प्रतिशतले बढेर ०.४५ प्रतिशतमा आएको छ । प्रतिसेयर आम्दानी १९ रुपैयाँ ४३ पैसा भएको छ । बैंकको प्रतिसेयर नेटवर्थ १३१ रुपैयाँ ८८ पैसा छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।