logo

सेञ्चुरी बैंकको ४० प्रतिशत हकप्रद भर्ने आज अन्तिम दिन

    1006   पटक पढिएको

२ असोज / अर्थ र व्यापार – सेञ्चुरी कमर्सियल बैंकले निष्कासन गरेको ४० प्रतिशत हकप्रद भर्ने आज अन्तिम दिन रहेको छ । बैंकले १० बराबर चार कित्ता अनुपातमा एक सय रुपैयाँ अंकित दरको एक करोड ८८ लाख ५४ हजार २५७ कित्ता द्दघहकप्रद सेयर बिक्री खुला गरेको हो ।

बैंकको हकप्रद भर्ने म्याद भदौ १८ गते नै सकिएको भए पनि बैंकले तराईमा गएको बाढीका कारण थप १५ दिन म्याद थप गरेको थियो । गत असार २६ गतेसम्म कायम रहेका शेयर धनीहरुले १० बराबर ४ को अनुपातमा हकप्रद सेयरमा आवेदन गर्न सक्ने छ । यसअघि सेञ्चुरीमा गाभिएका इन्नोभेटिभ र अरनिको डेभलपमेन्ट बैंकका सेयरधनीले समेत हकप्रदमा आवेदन गर्न पाउनेछन् ।

सेञ्चुरीले सगरमाथा फाईनान्सलाई समेत आफुमा विलय गराएर एकीकृत कारोबार सुरु गरिसकेको छ । तर यो हकप्रदमा साबिकका सगरमाथा फाइनान्सका सेयरधनीले आवेदन दिन पाउने छैनन् । ज्ञछसिभिल क्यापिटल मार्केट सुन्धारा तथा सेन्चुरी कमर्सियल बैंकका सम्पुर्ण शाखा कार्यालयहरुबाट हकप्रदमा आवेदन गर्न सकिनेछ । हाल सेञ्चुरीको चुक्ता पूँजी ४ अर्ब ७१ करोड ३५ लाख रुपैयाँ रहेको छ ।

४० हकप्रद बिक्रीपश्चात बैंकको चुक्ता पूँजी ६ अर्ब ६० करोड ३० लाख रुपैयाँ पुग्नेछ । सेञ्चुरीले अल्पाईन डेभलपमेन्ट बैंक र सेती फाइनान्सलाई प्राप्ती प्रकृयामा नै रहेको छ । सबै संस्थालाई प्राप्ती गरीसक्दा बैंकको चुक्ता पूँजी ७ अर्ब ९० करोड रुपैयाँ पुग्नेछ । बैंकले चालु आर्थिक बर्षको नाफाबाट थप १० करोड रुपैयाँको बोनस वितरण गर्दा राष्ट बैंकले तोकेको आठ अर्ब चुक्ता पूँजी सहजै पुग्ने देखिन्छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।