logo

कुमारी बैंकले तीन अर्बको ऋणपत्र निष्कासन गर्दै, १०.२५% ब्याजदर, सर्वसाधारणलाई एक अर्ब २० करोड

    1014   पटक पढिएको

६ पुष / अर्थ र व्यापार - कुमारी बैंकले पुस १४ गतेदेखि तीन अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्ने भएको छ। बैंकले १०.२५ प्रतिशत ब्याजदरमा सर्वसाधारणको लागि एक अर्ब २० करोड रूपैयाँको ऋणपत्र निष्कासन गर्ने भएको हो। 

बैंकले प्रति डिबेन्चर एक हजार रूपैयाँ दरमा १२ लाख कित्तामध्ये ६ लाख कित्ता सामुहिक लगानी कोषका लागि छुट्याएको छ। बाँकी एक अर्ब ८० करोड रूपैयाँको ऋणपत्र बैंक आफैंले प्राइभेट प्लेसमेन्टबाट बिक्री गर्नेछ। 

लगानीकर्ताहरूले छिटोमा पुस १७ गतेसम्म र पहिलो चरणमा बिक्री नभए ढिलोमा माघ १४ गतेसम्म बिक्री खुला गर्नेछ। सर्वसाधारणले न्युनतम २५ कित्ता र अधिकतम १२ लाख कित्तासम्मको लागि आवेदन दिन सक्ने छन्। इक्रा नेपालले गरेको क्रेडिट रेटिङअनुसार मध्यम किसिमको जोखिम जनाउने ‘इक्रा एनपी एल ट्रीपल बी प्लस’ प्राप्त गरेको छ। 

लगानीकर्ताले आस्वा सुविधा प्रदान गर्ने सम्पूर्ण बैंक तथा वित्तीयबाट आवेदन दिन सक्ने छन्। ऋणपत्रधनीले अर्धवार्षिक रूपमा तोकिएको ब्याज प्राप्त गर्नेछन्। धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ रहेको छ।  राष्ट्रिय स्तरको वाणिज्य बैंक कुमारीको चुक्ता पुँजी ८ अर्ब ६८ करोड रूपैयाँ छ। 


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।