logo

कन्काई विकास बैंकको सेयर मूल्य समायोजन

    1195   पटक पढिएको

१९ असार / अर्थ र व्यापार – कन्काई विकास बैंकको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सोमबार सेयरमूल्य समायोजन भएको छ । बैंकले जारी गर्न लागेको २१४ प्रतिशत हकप्रदपछि बैंकको सेयरमूल्य समायोजन भएको हो ।

बैंकको २११४ प्रतिशत हकप्रदलाई समायोजन गर्दा बैंकको मूल्य २३१ रुपैयाँ निर्धारण हुन आएको छ । यसअनुसार बैंकको सेयर कारोबार सोमबार २१३ रुपैयाँबाट सुरु भएको छ । नेप्सेले बैंकको १८० दिनको सेयर कारोबारको आधारमा औसत आधार मूल्य २९९ रुपैयाँँ निर्धारण भएको छ । 

कन्काईले धितोपत्र बोर्डबाट एक बराबर दुई दशमलव १४ कित्ताको अनुपातमा हकप्रद बिक्री गर्न अनुमति पाइसकेको छ । बैंकको हकप्रद निष्काशनको काम सिद्धार्थ क्यापिटलले गर्नेछ भने बैंकको हकप्रदमा असार १८ गते आइतबारसम्म कायम रहेका सेयरधनीले मात्र आवेदन दिन पाउनेछन् ।

हाल १५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको हकप्रद विक्री पश्चात ४७ करोड १० लाख रुपैयाँ चुक्ता पूँजी पुग्नेछ । बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमास सम्ममा तीन करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी बार्षिक २० रुपैयाँ ९७ पैसा कायम गरेको छ ।

 

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।