logo

नेप्सेद्वारा कामना सेवा विकास बैंकको शेयर कारोवार रोक्का

    1213   पटक पढिएको

२६ चैत्र /अर्थ र व्यापार - नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले समयमा सूचना नदिएको भन्दै कामना सेवा विकास बैंकको शेयर कारोवार रोक्का गरेकोे छ । नेप्सेले लाभांस प्रस्ताबको सूचना समयमा नदिएको भन्दै दोस्रो बजारमा कारोबार रोक्का गरिदिएको हो । 

बैंकले गत आर्थिक वर्षको नाफाबाट ९.५ प्रतिशत लाभांस दिने प्रस्ताब गरेको सूचना नेप्से मार्फत दिएको थियो । तर उक्त सूचना ढिलो दिएको नेप्सेको आरोप छ । बैंकको चैत २४ गते बसेको सञ्चालक समिति बैठकले गरेको निर्णयको सूचना २६ गते मात्रै नेप्सेलाई दिएको थियो । त्यहि सूचना नेप्सेलाई बैकले तत्तकालै दिनुपर्ने प्रावधान छ । सूचना ढिलो दिएको कारणसहित २४ घण्टाभित्र स्पस्टीकरण पेस गर्न नेप्सेले भनेको छ । 

बैंकले चुक्ता पूँजीको १.५ प्रतिशत बोनस शेयर र ८ प्रतिशत नगद लाभांस दिने निर्णय गरेको छ । बैंकको हालको चुक्ता पूँजी दुई अर्ब ५० करोड रुपैयाँ रहेको छ । बोनस शेयरपछि बैंकको चुक्ता पूँजी दुई अर्ब ५४ करोड रुपैयाँ पुग्नेछ । 
 
   
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।