logo

कालिका लघुवित्तद्वारा सदस्य परिवारलाई बीमा वापतको रकम हस्तान्तरण  

    981   पटक पढिएको

२० जेठ / अर्थ र व्यापार - कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले सदस्य परिवारलाई बीमा वापतको रकम हस्तान्तरण गरेको छ । संस्थाका सदस्य अनारकली थारुको केहि समय मृत्यु भएको थियो । मृतक सदस्य अनारकलीका श्रीमानलाई संस्थाले १ लाख ९५ हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको हो ।

संस्थाका संचालक समितिका सदस्य कृष्णकाजी केसीले मृतक सदस्यका श्रीमान प्रहलाद थारुलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरे । यसैबीच स्याङ्जामा केन्द्रिय कार्यालय रहेको कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले यस आर्थिक वर्षको योजना अनुसारको ३० वटा शाखा कार्यालयमा केन्द्र प्रमुख तथा उप प्रमुखहरुको गोष्ठी कार्यक्रम सम्पन्न गरेको छ ।

संस्थाले पाल्पा, स्याङ्जा, पर्वत, कास्की, तनहुँ, गोरखा, धादिङ, मकवानपुर नवलपुर, रुपन्देही लगायतको जिल्लामा रहेका ३० वटा शाखाहरुमा गोष्ठी सम्पन्न गरेको हो । आइतबार अन्तिम २ वटा कार्यक्रम बुटवलको योगिकुटी र सैनामैनाको रानीबगियामा कार्यक्रम सकाएको हो ।

संस्थाले सदस्यहरुको भावना अनुसार कार्यक्रमहरु सञ्चालन गर्नको लागि कुनै कसर नराख्ने र सदस्यमैत्री कार्यक्रम सञ्चालन गर्दै जाने संस्थाका अध्यक्ष कृष्ण खाँणले बताए ।

 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।