logo

ज्योति लाईफ इन्स्योरेन्सकोे प्रादेशिक कार्यालय धनगढीमा, बीमा समितिका अध्यक्षद्वारा उद्घाटन

    1079   पटक पढिएको

२७ माघ / अर्थ र व्यापार - ज्योति लाईफ इन्स्योरेन्स कम्पनीले आफ्नो प्रादेशिक कार्यालय धनगढीमा शुभारम्भ गरेको छ । उक्त कार्यालयको उद्घाटन बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाँईले गरेका हुन् ।

उक्त कार्यक्रममा अध्यक्ष चापागाँईंले बीमाको बारेमा नागरिकलाई जनचेतना बढाउन स्थानिय तहमा अन्तरक्रिया गरी घुम्ती बीमा सेवा सञ्चालन गरी बीमाको प्रभावकारीता बढाउन बीमा समिति आफै लागि परेको कुरा जानकारी गराएका छन् ।

साथै, अहिलेसम्म नियामकिय प्रावधान अनुसारको पुँजी तोक्ने गरिएको भएतापनि अहिले संसारभर जोखिम आधारित पुँजीको अवधारणा कार्यान्वयनमा रहेको हुँदा अब नेपालमा पनि जोखिममा आधारित पुँजी व्यवस्था गर्नुपर्ने बताए । यस्ता जोखिममा बीमा जोखिम, कर्जा जोखिम, तरलता जोखिम, सञ्चालन जोखिम र बजार जोखिम रहेको र यस्ता जोखिमको लागि पुँजीको मात्रा तोकिने कुरा समेत जानकारी गराए ।

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल, बीमा सल्लाहकार भोजराज शर्मा लगायत कम्पनीका पदाधिकारीहरु उपस्थित उक्त कार्यक्रममा कम्पनीका कार्यकारी उपप्रमुख प्रकाश विक्रम खत्रीले ज्योति लाईफले बीमा शुल्क आर्जन, प्रविधिक विकास र नयाँ उच्चस्तरिय बीमा योजनाहरुको हकमा पुराना कम्पनीहरुलाई पनि चुनौती दिन सफल भएको बताए ।

यसैगरी, सुदुर पश्चिम ७ नं. प्रदेशको ९ वटै जिल्ला, विकटमा दार्चुला सहित गरी आफ्ना १३ वटा सेवा केन्द्रहरुबाट सेवा सञ्चालन गर्दै आएको कुरा जानकारी गराएका थिए । ज्योति लाईफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष नन्द किशोर शर्माले छोटो समयमानै बीमाको दायरा ६ % बाट २२ % पुर्याउन बीमा समितिको अहम भूमिका रहेको कारण समितिप्रति कृतज्ञता ज्ञापन गरे ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।