logo

पुँजी वृद्धि गर्न साधारण सेयर जारी गर्दै ज्योति लाइफ 

    1093   पटक पढिएको


३ कात्तिक/अर्थ र व्यापार– पुँजी वृद्धिका लागि ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले साधारण सेयर जारी गर्ने तयारी गरेको छ । 

कम्पनीले आगामी कात्तिक २६ गते हुने तेस्रो वार्षिक साधारणसभामा विशेष प्रस्ताव मार्फत धितोपत्र दर्ता गरी आइपीओ निष्कासन गर्ने तयारी गरेको हो ।

कम्पनीको साधारणसभाले संचालक समितिको प्रतिवेदन, वित्तीय विवरण पारित गर्ने र लेखापरिक्षकको नियुक्तिको निर्णय तथा पारिश्रमिक तोक्ने, कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने अख्तियारी संचालक समितिलिई दिने लगायतका प्रस्ताव सभा पेश हुने छन् । 

हाल कम्पनीले संस्थापक सेयरधनीहरुबाट १ अर्ब ५४ करोड चुक्ता पुँजी कायम गरेको छ । कम्पनीले २ अर्ब चुक्ता पुँजी कायम गर्नका लागि ४६ करोड बराबरको ४६ लाख कित्ता सेयर जारी गर्ने तयारी गरेको हो । 

कम्पनीको साधारणसभाले उक्त सेयर जारी गर्ने प्रस्ताव पारित गरेपछि कम्पनीले नेपाल धितोपत्र बोर्डका निवेदन दिनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।