logo

आक्रामक व्यापार विस्तार गर्दै ज्योति लाइफ इन्स्योरेन्स, जीवन बीमा कोषमा १ अर्बमाथि

    1084   पटक पढिएको

१२ माघ / अर्थ र व्यापार - चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय प्रतिवेदन प्रकाशन गर्ने ज्योति लाईफ इन्स्योरेन्स पहिलो बीमा कम्पनी भएको छ। कम्पनीले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म ७५ करोड १३ लाख कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३१ करोड ८३ लाख कुल बीमा शुल्क आर्जन गरेको थियो।  यसरी कुल बीमा शुल्क आर्जन रकम १३६ प्रतिशतले वृद्धि गर्न सफल भएको छ।

जीवन बीमा कम्पनीको जीवन बीमा कोषको ठुलो महत्तो रहेकोमा ज्योति लाइफको जीवन बीमा कोष २६७ प्रतिशतले वृद्धि हुँदै १ अर्ब २० करोड पुगेको छ। जगेडा कोष पनि ९५ प्रतिशतले वृद्धि हुँदै ३३ करोड ४६ लाख पुगेको छ।

कम्पनीले ६ करोड ८९ लाख खुद मुनाफा गरेकोमा खुद मुनाफा गत आर्थिक वर्षको दोश्रो त्रैमासको तुलनामा ७ प्रतिशतले वृद्धि भएको छ। कम्पनीको प्रकाशित प्रति शेयर आम्दानी ८ रुपैया ९५ पैसा छ भने वार्षिक प्रति शेयर आम्दानी १७ रुपैया ९० पैसा हुन आउछ।

कम्पनीको चुक्ता पूँजी १ अर्ब ५४ करोड रहेकोमा निकट भविष्यमा आईपिओ मार्फत कम्पनीले २ अर्ब पूँजीको लक्ष्य हासिल गर्ने छ। कम्पनीको किताबी मूल्य १२४ रुपैया १५ पैसा रहेको छ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।