logo

जेबिल्स फाइनान्सको लिलामी शेयरको आवेदन आजसम्म

    781   पटक पढिएको

१७ पुस/ अर्थ र व्यापार - सूचीकृत कम्पनीहरुले शेयरधनीहरुलाई अधिक मात्रामा हकप्रद जारी गरेर चुक्ता पूँजी बढाउँदा धेरै कम्पनीहरूलाइ अवितरित हकप्रद लिलामी मार्फत बिक्री गर्नुपर्ने क्रम बढ्दो छ । यसै क्रममा जेबिल्स फाइनान्सको लिलामी शेयरमा आजसम्म आवेदन दिन सकिनेछ ।
जेबिल्स फाइनान्स (JEFL) को ९ लाख ९७ हजार कित्ता लिलामीमा शेयरमा आवेदन दिने आज (पुस १७ गते) अन्तिम दिन हो । फाइनान्सले संस्थापक समूहको ६ लाख ६५ हजार ९५५.५० कित्ता र सर्वसाधारणको ३ लाख ३१ हजार ६७२.५० कित्ता गरी ९ लाख ९७ हजार ६२८ कित्ता शेयर पुस १० गते देखि लिलामीमा ल्याएको हो । फाइनन्सको संस्थापक न्यूनतम एक हजार कित्ता र सर्वसाधारणतर्फ न्यूनतम १०० कित्ता शेयरको लागि आवेदन गर्नुपर्नेछ । शेयर खरिद गर्ने लगानीकर्ताले प्रतिशेयर एक सय रुपैयाँ भन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्न सकिने व्यवस्था छ ।

फाइनान्सको शेयर खरीद गर्न इच्छुकले सनराइज क्यापिटल कमलपोखरी र सनराइज बैंकको शाखा कार्यालय विराटनगर, वीरगञ्ज, बुटवल, पोखरा, नेपालगञ्ज, सुर्खेत र धनगढीको शाखा कार्यालयबाट लिलामी शेयर खरिदको आवेदन बुझाउन सकिनेछ । चुक्ता पुँजी ७३ करोड ८२ रुपैयाँ रहेको बैंकको चालु आर्थिक वर्षको पहिलो त्रैमास सम्ममा प्रतिशेयर आम्दानी ६४ पैसा, प्रतिशेयर नेटवर्थ ११३ रुपैयाँ ६४ पैसा छ । फाइनान्सको शेयरमूल्य धितोपत्रको दोस्रो बजारमा पुस १७ गते मंगलबार प्रतिकित्ता ११० रुपैयाँ हाराहारीमा कारोबार भैरहेको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।