logo

जेविल्स फाइनान्स र नेपाल इन्भेष्टमेन्ट बैंकद्वारा असार ६ गते विशेष साधारणसभा आह्वान

    1021   पटक पढिएको

२२ जेठ / अर्थ र व्यापार - जेविल्स फाइनान्स र नेपाल इन्भेष्टमेन्ट बैंक मर्जरमा जानका लागि असार ६ गते विशेष साधारणसभा डाकेका छन् । बैंकले जेविल्स फाइनान्सलाई १०० कित्ता बराबर ३३ कित्ताको अनुपातमा गाभ्न लागेको छ । 

हाल जेविल्स फाइनान्सको चुक्ता पूँजी ८० करोड ३८ लाख रुपैयाँ रहेको छ । डिडिए रिपोर्टका आधारमा तय भएको स्वाप रेसियो अनुसार जेविल्स फाइनान्सको शेयर पूँजी २६ करोड ५२ लाख रुपैयाँमा झर्ने छ । नेपाल इन्भेष्टमेन्ट बैंकको हालको शेयर पूँजी १२ अर्ब ५८ करोड रुपैयाँ रहेको छ । 

फाइनान्सलाई गाभेसँगै बैंकको चुक्ता पूँजी १२ अर्ब ८५ करोड रुपैयाँ पुग्नेछ । विशेष साधारणसभाबाट नेपाल इन्भेष्टमेन्ट बैंकले गाभ्ने प्रस्ताव पारित भएसँगै एकिकृत कारोबार नभएसम्मका लागि संञ्चालक समिति यथावत रहनेछ । विशेष साधारणसभा प्रयोजनका लागि कम्पनीको शेयर दाखिला खारेज कार्य जेठ २७ गते एक दिन बन्द रहने फाइनान्सले जनाएको छ । फाइनान्सलाई गाभेसँगै बैंकको शेयर संरचना पनि परिवर्तन हुने भएकोले बैंकको प्रवन्धपत्रको संसोधन गर्ने विशेष प्रस्ताव साधारणसभा लगिएको छ । 

बैंकले विशेष साधारणसभा प्रयोजनको लागि जेठ २९ गतेदेखि साधारणसभा सम्पन्न नभएसम्मको लागि बुक क्लोज गर्ने भएको छ । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।