logo

इन्फिनिटी माइक्रोफाइनान्सले बोलायो साधारण सभा

    1063   पटक पढिएको

 

१८ मंसिर / अर्थ र व्यापार - इन्फिनिटी माइक्रोफाइनान्सले साधारण सभा आह्वान गरेको छ । लघुवित्तले पुस २१ गते होटल साकुरा नवलपरासीमा प्रथम बार्षिक साधारण सभा बोलाएको हो ।

साधारण सभामा संस्थाले पूँजी बढाउनका लागि संस्थापक सेयर पूँजी अनुपातमा ०.७५ प्रतिशतका दरले हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरेको छ । त्यस्तै नाफा नोक्सान लगायत वित्तिय विवरण, लेखापरिक्षक नियुक्ति र संस्थापक सेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक निर्वाचनको कार्यक्रम रहेको छ ।

सात करोड रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्त नेप्सेमा सूचीकृत रहेको छैन । हालै मात्र सञ्चालनमा आएको कम्पनीले सर्वसाधरणमा आईपीओ जारी गर्न बाँकी नै छ । गैडाकोट नवलपरासीमा मुख्य कार्यालय रहेको संस्थाले चालु आवको प्रथम त्रैमासमा २७ लाख चार हजार खुद व्याज आम्दानी गरेपनि कर्मचारी खर्च र सञ्चालन खर्चका कारण १० लाख ९७ हजार खुद नोक्सानी व्यहोरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।