logo

नेपाल राष्ट्र बैंकद्वारा १०० रुपैयाँभन्दा माथिका भारु नोट कारोबारमा प्रतिवन्ध

    1083   पटक पढिएको

७ माघ /अर्थ र व्यापार -  नेपाल राष्ट्र बैंकले १०० रुपैयाँभन्दा माथिका भारु नोट कारोबारमा प्रतिवन्ध लगाएको छ । मन्त्रिपरिषदले पुस १० गतेदेखि लागू हुनेगरी नेपालमा २००, ५००, १०० र २००० रुपैयाँका भारतीय नोट प्रतिवन्ध लगाउने निर्णय गरेको थियो । राष्ट्र बैंकले सरकारको उक्त निर्णय कार्यान्वयन गर्दै आइतबार परिपत्र जारी गरेको हो ।

भारत सरकार र रिजर्भ बैंक अफ इण्डियाले ९ नोभेम्बर १०१६ चलनचल्तीमा रहेका ५०० र १०० दरका भारु नोट चलनचल्तीबाट हटाएको र २००, ५०० र २००० का नयाँ नोट चलनचल्तीमा ल्याएको थियो । ती सबै नोट कुनैपनि नेपालीले साथमा राख्न, ओसारपसार गर्न वा कारोबार गर्न नपाइने राष्ट्र बैंकले जनाएको छ । तर, राष्ट्र बैंकले गत पुस तेस्रो साता २००, ५०० र २००० दरका नयाँ भारु नोट

नेपालमा चलाउन अनुमति दिन अनुरोध गर्दै भारतीय केन्द्रीय बैंक रिजर्ब बैंक इन्डिया (आरबिाई)लाई पत्राचार गरिसकेको छ ।
नेपालमा अहिले आरबिआईले १०० रुपैयाँ दरसम्मको नोट मात्र संचालनको लागि अनुमति दिएको छ । चलनचल्तीमा २००, ५०० र १००० दरका नोट भएपनि आरबिआईले नेपालमा चलाउन अनुमति दिएको छैन ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।