logo

हिमालयन बैंक तत्काल मर्जर प्रक्रियामा नजाने

    1136   पटक पढिएको

१ फागुन / अर्थ र व्यापार - हिमालयन बैंक तत्काल मर्जर प्रक्रियामा नजाने भएको छ । बैंक सञ्चालक समितिले गठन गरेको मर्ज कमिटिले हालसम्म उक्त विषयमा कुनै पनि निणर्य नगरेकाले मर्जमा नजाने बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक राणाले बताएका हुन् ।

सीईओ राणाले बुधबार बैंकको २७औं वार्षिक साधारणसभामा मर्जरसम्बन्धि सेयरधनीहरुमा रहेको जिज्ञासालाई प्रष्ट पार्दै सो कुराको जानकारी दिएका हुन् ।

‘नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयले पनि बैंक तथा वित्तीय संस्थालाई फोर्स मर्जरमा लगिन्न, उनीहरुको स्वेच्छा हो भनेकाले हामीले अहिलेसम्म कुनै पनि बैंक तथा वित्तीय संस्थासँग कुरा गरेका छैनौं,’ उनले भने ।

त्यस्तै, सर्वसाधारणको सेयर स्वामित्व बढाउन बैंकले संस्थापक सेयर सर्वसाधारणमा परिवर्तन गर्ने भएको छ । बैंकलाई नेपाल राष्ट्र बैंकले सर्वसाधारणको सेयर स्वामित्व ३० प्रतिशत पुर्याउन निर्देशन दिएको थियो ।

जसको लागि बैंकसँग संस्थापक सेयर सर्वसाधारणमा परिवर्तन गर्ने र फर्दर पब्लिक अफरिङ (एफपीओ) जारी गर्ने दुई विकल्प थियो । त्यसमध्ये बैंकले एफपीओ जारी नगरी १५ प्रतिशत संस्थापक सेयर सर्वसाधारणमा परिवर्तन गर्ने विकल्पलाई रोजेर अन्तिम निर्णय गरेको जानकारी गराएको छ ।

त्यस्तै, मलेसियाको म्याक्स मनिसँग कारोबार गर्दाको लेनदेन विवादमा हिमालयन बैंकको ४९ करोड रुपैयाँ फसेको थियो । जसमा ३१ करोड रुपैयाँ बैंकले पाइसकेको छ । बाँकी १८ करोडमा १६ करोड रुपैयाँ आउन बाँकी छ । जुन चैत मसान्तको क्लोजिङ् भित्र आइसक्ने सीईओ राणाले जानकारी दिए ।

बैंकको दरबारमार्गको जग्गाको बारेमा स्पष्ट पार्दै सीईओ श्रेष्ठले भने - ‘जग्गाको लागि ७ वटा टेण्डर परेको छ । त्यसको छानबिन गरेर साढे एक महिना भित्र कन्ट्रयाक गरेर भवन बनाउने काम अघि बढाउने छौं ।’
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।