logo

असोज २३ देखि ओम डेभलपमेन्ट बैंकको हकप्रद सेयरको बिक्री खुल्ने

    934   पटक पढिएको

६ असोज / अर्थ र व्यापार – ओम डेभलपमेन्ट बैंकको १० बराबर ३ कित्ता अनुपात अर्थात ३० प्रतिशत हकप्रद सेयर असोज २३ गतेदेखि बिक्रीमा आउने भएको छ । बैंकले चुक्ता पुँजी बढाउने उदेश्यसहित १ सय रुपैंयाँ मूल्यमा ४९ लाख ३१ हजार ८ सय ३५ कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो ।

बैंकले हकप्रद प्रयोजनका लागि यहि भाद्र ३० गते सेयरधनी दर्ता पुस्तीका बन्द गरेको थियो । गत भदौ २९ गतेसम्म कायम सेयरधनीले बैंकको हकप्रदमा आवेदन गर्न पाउनेछन् । हकप्रद सेयरका लागि कात्तिक २६ गतेसम्म आवेदन दिन सकिनेछ । ओम बैंकको हकप्रद सेयरको निष्काशन एनआईबिएल क्यापिटलले गर्नेछ ।

एनआईबिएल क्यापिटललाई बिक्रि प्रबन्धक तोकेको बैंकले आफ्ना सबै शाखा, नेपाल इन्भेष्टमेन्ट बैंकको बिराटनगर, इटहरी, बिरगञ्ज, नेपालगञ्ज र धनगढीबाट आवेदन दिन सकिने छ ।

हाल एक अर्ब ६४ करोड रुपैंया चुक्ता पूँजी रहेको बैंकको ३० प्रतिशत हकप्रद पश्चात चुक्ता पूँजी दुई अर्ब १३ करोड नाघ्नेछ । बैंकले राष्ट्र बैंकले तोको पूँजी पुर्याउन ३७ करोड बराबरको बोनस बाड्नुपर्ने देखिन्छ ।

बैंकले गत आर्थिक वर्षमा ४३ करोड ३४ लाख रुपैंया खु्द नाफा कमाएको छ । बैंकको जगेडा कोषमा ७५ करोड ८६ लाख ५९ हजार रुपैंया सञ्चित छ । ओम डेभलपमेन्ट बैंकले मनास्लु विकास बैंकलाई गाभेपछि कायम पूँजीका ३० प्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।