logo

गुराँस लघुवित्तलाई आइपिओ निष्काशन गर्न धितोपत्र बोर्डद्वारा अनुमति प्रदान

    1245   पटक पढिएको

२७ चैत्र /अर्थ र व्यापार - नेपाल धितोपत्र बोर्डले गुराँस लघुवित्त वित्तीय संस्थालाई प्राथमिक शेयर ‘आइपिओ’ निष्काशनको लागि अनुमति प्रदान गरेको छ । बोर्डले संस्थालाई दुई करोड ५० लाख रुपैयाँको प्राथमिक शेयर निष्काशन गर्ने अनुमति प्रदान गरेको हो ।

संस्थाको हालको चुक्ता पूँजी ५ करोड २५ लाख रुपैयाँ रहेको छ । प्राथमिक शेयर निष्काशनसँगै संस्थाको चुक्ता पूँजी ७ करोड ७५ लाख रुपैयाँ पुग्नेछ । सर्वसाधारणको शेयर हिस्सा ३२.२६ प्रतिशत हुनेछ । 

संस्थाले चालु आर्थिक वर्षको छ महिनामा ४० लाख ९० हजार रुपैयाँ नाफा आर्जन गरेको छ । छ महिनाको अवधिमा संस्थाले ४३ करोड ८९ लाख रुपैयाँ सापटी र ७ करोड ८७ लाख रुपैयाँ निक्षेप संकलन गरी ५१ करोड ९० लाख रुपैयाँ कर्जा लगानी गरेको छ । 
संस्थाको प्रधान कार्यालय धनकुटामा रहेको छ भने हाल २३ वटा शाखा कार्यालय मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।