logo

ग्लोबल आइएमई लघुवित्तद्वारा चार करोड ८ लाख रुपैयाँ नाफा आर्जन

    866   पटक पढिएको

९ बैशाख /अर्थ र व्यापार - चालु आर्थिकबर्षको तेस्रो त्रैमाससम्म ग्लोबल आइएमई लघुवित्तले चार करोड ८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गतबर्षको यसै अवधिको तुलनामा लघुवित्तको खुद नाफा २५५.७१ प्रतिशत अर्थात दुई करोड ९३ लाख रुपैयाँले बढी हो ।

गतबर्षको तेस्रो त्रैमासमा लघुवित्तले एक करोड १४ लाख रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको थियो । लघुवित्तको खुद ब्याज आम्दानी र अन्य संचालन आम्दानीमा बढोत्तरी हुदा नाफा बढेको हो । यस त्रैमासमा लघुवित्तको प्रतिशेयर आम्दानी पनि उल्लेख्य रुपमा बढेको देखिन्छ । लघुवितको प्रतिशेयर आम्दानी ४९ रुपैयाँ २८ पैसा कायम भएको छ । यो गतबर्षको तुलनामा २०९.३१ प्रतिशतले वृद्धि भएको हो । गतबर्ष लघुवित्तको प्रतिशेयर आम्दानी १५ रुपैयाँ ९३ पैसा थियो ।

आर्थिक बर्ष २०७४र०७५ को मुनाफाबाट १५ प्रतिशत बोनस बितरण गरी चुक्ता पूँजी ९ करोड ६० लाख रुपैयाँ बाट ११ करोड ४ लाख रुपैयाँ पुर्याएको लघुवित्तको जगेडा कोषमा ५ करोड ५९ लाख रुपैयाँ सञ्चित छ । समीक्षा अवधिसम्ममा ७१ करोड २९ लाख रुपैयाँ निक्षेप संकलन गरेको लघुवित्तले दुई अर्ब २६ करोड ९७ लाख रुपैयाँ अन्य बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर दुई अर्ब ८२ करोड ८२ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ । चालु आर्थिकबर्षको तेस्रो त्रैमासमा लघुवित्तले ९ करोड ५० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो गतबर्षको यसै अबधिको तुलनामा १३९.१६ प्रतिशत अर्थात ५ करोड ५२ लाख रुपैयाँ धेरै हो । गत बर्षको यसै अबधिमा लघुवित्तले तीन करोड ९७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । लघुवित्तमा निष्कृय कर्जा अनुपात ०.४७ प्रतिशत छ । लघुवित्तको प्रतिशेयर नेटवर्थ १५० रुपैयाँ ६८ पैसा छ भने मूल्य आम्दानी २०.५४ गुणा बढी छ ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।