logo

पहिलो त्रैमासमा ग्लोबल आइएमई बैंकको नाफा १ अर्ब बढी

    1295   पटक पढिएको


२७ कात्तिक/अर्थ र व्यापार– चालू आवको पहिलो त्रैमासमा ग्लोबल आइएमई बैंकको नाफा ४० दशमलव ५८ प्रतिशतले वृद्धि भएको छ । 

बिहीवार सार्वजनिक गरेको बैंकको वित्तीय विवरण अनुसार कम्पनीको नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ४० दशमलव ५८ प्रतिशत वृद्धि भएको हो ।

कम्पनीले गत आवको पहिलो त्रैमासमा रू. ७५ करोड ३१ लाख नाफा गरेकोमा चालू आवमा वृद्धि भएर रू.१ अर्ब ५ करोड ८८ लाख पुगेको छ । चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढेको हो ।

हाल कम्पनीको चुक्तापूँजी रू. १८ अर्ब ९७ करोड ५८ लाख रहेको उक्त कम्पनीले जगेडा कोषमा रू.९ अर्ब २६ करोड ७१ लाख, रिटेन्ड अर्निङमा रू. १ अर्ब ८४ करोड ४७ लाख र शेयर प्रिमियममा ५३ लाख ९३ हजार सञ्चित गरेको छ ।

चालू आवको पहिलो त्रैमाससम्ममा कम्पनीले रू. २ खर्ब २४ अर्ब २३ करोडभन्दा बढी निक्षेप संकलन गरेको छ भने रू. १ खर्ब ९२ अर्ब ९५ करोडभन्दा बढी कर्जा लगानी गरेको छ । 

कम्पनीको वितरण योग्य नाफा रू. २२ करोड ६१ लाख रहेको छ । त्यसैगरी प्रतिशेयर आम्दानी रू. २२ दशमलव ३२, मूल्य आम्दानी अनुपात १२ दशमलव १९, तरलता अनुपात २७ दशमलव २६ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १५८ दशमलव ५९ रहेको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।