logo

ग्लोबल आइएमइको नाफा दुई अर्ब

    1542   पटक पढिएको

११ साउन / अर्थ र व्यापार – ग्लोबल आइएमइले दुई अर्ब ३ करोड नाफा गरेको छ । गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गर्दै ग्लोबल आइएमइले ४७ प्रतिशतले नाफा बढाएको छ ।  बैंकले गत आर्थिक वर्षमा खुद ब्याज आम्दानी तीन अर्ब ५६ करोड रुपैयाँ गरेको छ । बैंकले गत आर्थिक बर्षमा एक खर्ब एक अर्ब निक्षेप संकलन गरि ८० अर्ब ८१ करोड रुपैयाँ ऋण लगानी गरेको छ । 

ग्लोबल आइएमइ बैंकले चुक्ता पूँजी ८ अर्ब नघाएको छ । बैंकको जगेडा कोषमा चार अर्ब ९ करोड रुपैयाँ छ । पूँजी कोष अनुपात १२.५० प्रतिशत छ भने खराब कर्जा १.५७ प्रतिशतमा झारेको छ । बैंकको प्रति शेयर आम्दनी २५ रुपैयाँ छ । 

बैंकको पूँजी धेरै भयो, अब प्रति सेयर आम्दानी कम हुन्छ र प्रतिफल कम पाईन्छ भन्दै चिन्ता गर्नेहरुलाई ग्लोबल आईएमई बैंकले गतिलो जवाफ दिएको छ । ग्लोबल आईएमईले अघिल्लो आर्थिक बर्ष भन्दा गत बर्ष चुक्ता पूँजी बढाएर आठ अर्ब आठ करोड कायम गरेको भए पनि प्रति सेयर आम्दानीमा १२ प्रतिशतले बढोत्तरी गरी २५ रुपैयाँ नघाएको छ ।

बैंकको निक्षेप बढेर एक खर्ब नाघ्नु र कर्जा विस्तार पनि आक्रामक रहनुले बैंकले आगामी दिनमा झन् धेरै प्रगति गर्नसक्ने संभावना छ । हालै रिलायवल डेभ्लपमेन्ट बैंकलाई किनेको ग्लोबल आईएमईले उसको स्वापबाट बचेको रकम र खुद नाफाबाट समेत आकर्षक लाभांश पाउनसक्ने संभावना छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।