logo

घोडीघोडा लघुवित्तको प्राथमिक शेयरमा आवेदन गर्ने आज अन्तिम दिन

    1352   पटक पढिएको

२४ असार / अर्थ र व्यापार - घोडीघोडा लघुवित्तद्वारा निष्काशीत प्राथमिक शेयर आजदेखि निष्काशन बन्द हुने भएको छ । आइपिओ निष्काशन गरेको तीन दिनमा ३० गुणा बढि आवेदन परेको छ । दुई लाख १३ हजार आवेदकबाट ३७ लाख ५१ हजार कित्ताको लागि आवेदन परेको हो । 

संस्थाले सर्वसाधारण समुह तर्फको एक लाख ३२ हजार कित्तामध्ये एक हजार ३८० कित्ता कर्मचारीहरुको लागि, ६ हजार ६३० कित्ता सामुहिक लगानी कोषको लागि सुरक्षित गर्दै बाँकी एक लाख २४ हजार कित्ता सर्वसाधारणको लागि बिक्री खुला गरेको हो । सर्वसाधारणले न्युनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्मको लागि आवदेन दिन सक्ने धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटलले जनाएको छ । 

आवेदनको लागि आस्वा सुविधा प्रदान सम्पुर्ण बैंक तथा वित्तीय संस्थाका साथै मेरो शेयरबाट अनलाइन आवेदन दिन सकिने छ । प्राथमिक शेयर निष्काशनपछि चुक्ता पूँजी दुई करोड ७६ लाख रुपैयाँ पुग्नेछ । जसमा संस्थापक शेयर पूँजी ५२ प्रतिशत र सर्वसाधारण शेयर पूँजी ४८ प्रतिशत कायम हुनेछ । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।