logo

गण्डकी विकास बैंकको विराटनगरमा शाखा बिस्तार

    1051   पटक पढिएको


१ मंसिर  / अर्थ र व्यापार - काठमाडौं। गण्डकी विकास बैंकले बिराटनगरमा शाखा खोलेको छ । शाखाको बिराटनगर महानगरपालिकाका मेयर भिम पराजूलीले उद्घाटन गरे । बैंकका अध्यक्ष  जगन बहादुर गुरुङले गण्डकी विकास बैँकले शहरी एवं ग्रामीण र वित्तीय पहुँच नपुगेका ठाउँहरुमा पनि शाखा विस्तार गर्दै लैजाने र र मुनाफालाइ मात्र नहेरी संस्थागत सामाजिक उत्तरदायित्व समेतलाई विशेष जोड दिने बताए ।

बैंकका नायव प्रमुख कार्यकारी अधिकृत  छविन्द्र शर्माले बैंकको वित्तीय अवस्था, बैंकले प्रदान गर्ने सेवा सुविधाको साथै विविध गतिविधीको वारेमा जानकारी दिएका थिए । शाखाबाट निक्षेप संकलन, कर्जा प्रवाहका साथमा एबिबिएस, एटिएम, एसएमएस, मोवाइल बैँकिङ्ग, रेमिटेन्स सेवासहितको पूर्ण बैँकिङ्ग सेवा संचालन गरिएको बैंकले प्रेस बिज्ञप्तीमार्फत जानकारी दिएको छ । बैंकले छिट्टै नै काठमाडौंको नयाँ बानेश्वर, रुपन्देहीको बेलहिया,  नेपालगञ्ज,  घोराही,  धनगढी,  हेटौडा,  तानसेन, पोखज्ञज्ञाको रत्नचोक र चितवनको पर्सामा  शाखा खोल्ने तयारी गरेको  पनि बिज्ञप्तीमापर्mत उल्लेख छ । बैंकले आ.व. २०७३्७४ मा संचालन मुनाफा ८५ करोड रुपैयाँ आर्जन गरेको सोही अवधिसम्म निक्षेप १८ अर्ब ३३ करोड रुपैयाँ,  कर्जा १६ अर्ब ५१ करोड रुपैयाँ पुर्याएको जनाएको छ । साथै  बैंकको निष्कृय कर्जा ०.४ प्रतिशत रहेको छ ।

बैकले केन्द्रीय कार्यालय सहित देशका विभिन्न ठाउँहरुमा गरी दोहोरिएका शाखा मर्ज पश्चात ५३ वटा शाखा कार्यालय मार्फत बैकिङ्ग सेवा दिँदै आइरहेको छ । बैंकका अनुसार यसले न्यून आय भएका व्यक्तिलाई विपन्नवर्ग कर्जा तथा समुहमा आवद्ध लघु वित्तकर्जा पनि प्रदान गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।