logo

गणपति माइक्रोफाइनान्सद्वारा ३ लाख ३५ हजार कित्ता आईपिओ निष्काशन

    847   पटक पढिएको

९ बैशाख /अर्थ र व्यापार  -गणपति  माइक्रोफाइनान्स वित्तीय संस्थाको बैशाख ९ गते सोमबारदेखि सर्वसाधारणमा साधारण शेयर (आईपिओ) निष्कासन भएको छ । कम्पनीले ३ करोड ३५ लाख रुपैयाँ बराबरको ३ लाख ३५ हजार कित्ता आईपिओ निष्काशन गरेको हो ।

कम्पनीले निष्काशन गर्ने कुल तीन लाख ३५ हजार कित्ता शेयरमध्ये तीन लाख १३ हजार ७५ कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । पाँच हजार १७५ कित्ता लघुवित्तका कर्मचारीहरुलाई र १६ हजार ७५० कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई छुट्टाइएको छ ।

लघुवित्तले निष्काशन गर्ने आईपिओमा मेरो शेयर तथा सि आश्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट ७७ जिल्लाबाटै बैशाख १२ गतेसम्म आवेदन दिन सकिने व्यवस्था रहेको छ । आईपिओमा न्यूनतम १० देखि एक हजार ५०० कित्तासम्म शेयर माग गर्न सकिन्छ । यद्यपी धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार शेयर बााडफाँड गर्दा यस निष्काशनमा लगानीकर्ताले १० कित्ता शेयर नै गोलाप्रथाबाट प्राप्त गर्नुपर्ने अवस्था रहने हुनाले एक हजार रुपैयाँको आवेदन नै प्रयाप्त हुन्छ ।

माइक्रोफाइनान्सले एनआईबिएल एस क्यापिटल मार्फत जारी पूँजीको ३२.३७ प्रतिशत पूँजी सर्वसाधारणबाट संकलन गर्न लागेको हो । बाँकी ६७.६३ प्रतिशत पूँजी भने लघुवित्तको संस्थापक शेयरधनीहरुको तर्फबाट चुक्ता भैसकेको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।