logo

एनबि इन्स्योरेन्सको लिलाम सेयरमा आवेदन गर्ने शुक्रबार अन्तिम दिन

    1250   पटक पढिएको

२३ भदौ / अर्थ र व्यापार – एनबि इन्स्योरेन्स कम्पनीको लिलामी सेयरमा आवेदन गर्ने शुक्रबार अन्तिम दिन हो । कम्पनीले भदौ १४ गतेदेखि २८ हजार ५८० कित्ता सेयर लिलामीमा राखेको हो । एन.बि इन्स्योरेन्सको सेयर लिलामीमा किन्न इच्छुक लगानीकर्ताले कम्पनीको विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल जमलमा आज कार्यालय समयभित्र शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । 

बोलपत्र पेश गर्दा प्रतिकित्ता न्यूनतम १०० रुपैयाँ वा सो भन्दा बढी मूल्य अंकित गरि न्यूनतम एक सय कित्ता वा सो भन्दा बढि १० ले भाग जाने गरि सबै कित्ताका लागि माग गर्न सक्नेछन् । प्राप्त बोलपत्र भदौ २५ गते दिउँसो ३ः३० बजे ग्लोबल आइएमई क्यापिटल लिमिटेड, जमलमा खुला गरिने छ ।

हकप्रद बिक्रीपछि इन्स्योरेन्सको चुक्ता पूँजी ५४ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षमा कम्पनीले १० करोड नौं लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी वार्षिक ३७ रुपैयाँ ३९ पैसा कायम गरेको छ । कम्पनीको सेयर बिहीबार नेप्सेमा १२७४ रुपैयाँमा अन्तिम पटक कारोबार भएको छ ।

कम्पनीले यसअघि असार ५ गतेदेखि साउन ९ गतेसम्म जारी गरेको २७ लाख कित्ता हकप्रदमामा अवितरित भएको सेयर लिलाम बढाबढमा बिक्री गर्न लागेको हो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।