logo

पहिलोपटक लाभांश बाँड्यो राष्ट्रिय वाणिज्य बैंकले, सरकारलाई एक अर्ब ८ करोड

    974   पटक पढिएको

१ माघ / अर्थ र व्यापार - राष्ट्रिय वाणिज्य बैंकले पहिलोपटक लाभांश दिएको छ। बैंकले चुक्ता पुँजीको १२ प्रतिशत नगद लाभांश दिएको हो। 

बैंकमा अधिकांश सेयर सरकारको छ। एनआइडीसी विकास बैंक गाभ्दा त्यहाँ रहेको सर्वसाधारणको सेयर ०.०३ प्रतिशत छ।

बैंकले मंगलबार सरकारलाई लाभांश वापतको एक अर्ब ८ करोड रूपैयाँ उपलब्ध गराइसकेको छ। सर्वसाधारणले करिब ३० लाख रुपैयाँ लाभांश पाएका छन्।

’खराब अवस्थामा पुगेको बैंकमा सुधार गरेर आजको दिनमा लाभांश बाँड्ने हैसियतमा पुगेकोमा मलाई एकदमै खुसी लागेको छ,’ बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले  अर्थ र व्यापारसँग भने, ’यसले बैंक स्थिरतातिर गइरहेको देखाउँछ।’

बैंकको कुनै समय नेटवर्थ ऋणात्मक थियो। सरकारले विश्व बैंकसँग ऋण लिएर नेपाल बैंकसहित राष्ट्रिय वाणिज्य बैंकमा सुधार थालेको थियो। सुधारपछि बैंकको वित्तीय अवस्था सकारात्मक बन्दै गएको हो।

बैंकको कुनै बेला १२ अर्ब रूपैयाँ ऋणात्मक नेटवर्थ थियो। अहिले २० अर्ब धनात्मक भएको छ। बैंकको लाभांशलाई राष्ट्र बैंकले स्वीकृत गरिसकेको छ। बैंकले सञ्चालक समितिको बैठक डाकेर माघ तेस्रो साता साधारणसभा गर्ने मिति तय गर्ने भएको छ।

बैंकको ऋण लगानी १ खर्ब ५० अर्ब रुपैयाँ पुगिसकेको छ। बैंकसँग सर्वसाधारणको १ खर्ब ९४ अर्ब रूपैयाँ निक्षेप छ। बैंकले गत वर्ष ५ अर्ब ६ करोड रूपैयाँ नाफा गरेको थियो। बैंकको कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) ५८ बाट ८० प्रतिशत पुगिसकेको छ। बैंकको शाखा संख्या १ सय ६५ बाट २ सय ३८ पुगिसकेको छ।  
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।