logo

 एभरेष्ट र प्राइम लाइफ इन्स्योरेन्सद्धारा शाखारहित घुम्ती बीमा सेवा संचालन

    1157   पटक पढिएको

२६ माघ / अर्थ र व्यापार -  एभरेष्ट इन्स्योरेन्स कम्पनी तथा प्राइम लाईफ इन्स्योरेन्स कम्पनीले सयुक्त रुपमा घुम्ति बीमा सेवा संचालन गरेका छन् । बीमा समितिद्धारा जारी “शाखारहित घुम्ती बीमा सेवा सम्बन्धी मार्गदर्शन २०७६” मा व्यवस्था भए बमोजिम दुई कम्पनीले सयुक्त रुपमा घुम्ति बीमा सेवा संचालन गरेका हुन् ।

उक्त घुम्ती बीमा सेवा ठाकुरवावा मन्दिर परिसर, ठाकुरद्धारा, बर्दियाबाट एक भव्य कार्यक्रम बिच शुभारम्भ गरिएको कम्पनीले जनाएको छ । ग्राहकहरुलाई घरदैलो वाटै बीमा सेवा प्रदान गर्ने उदेश्यले घुम्ती बीमा सेवा संचालन गरिएको हो ।

बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाइले बीमालाई आम जनतामा सर्वसुलभ रुपमा उपलव्ध गराउनको लागि बिमा कम्पनी मार्फत घुम्ती बीमा सेवाको अवधारण अगाडी बढाइएकोमा खुशी व्यक्त गरे ।
कार्यक्रममा प्राइम लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टरार्ईले ग्राहको चाहना बमोजिम भविश्यको लागि वचत तथा जीवन सुरक्षका विभिन्न जीवन बीमा योजना प्रस्तुत गरिएको बताएका छन् ।
कार्यक्रममा एभरेष्ट इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत कमल गौतमले कम्पनीले उत्कृष्ट बीमा सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दै कम्पनीका विभिन्न निर्जीवन बीमा सेवा लिई आफ्नो धन सम्पतिको सुरक्षाको सुनिश्चितता गरि व्यवसाय संचालन गर्न सम्पूर्ण कृषक तथा व्यवसायी महानुभावहरुमा हार्दिक अनुरोध गरे ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।