logo

आर्थिक वर्ष २०७४र७५ को विकास सहायता प्रतिवेदन सार्वजनिक 

    1102   पटक पढिएको

२ माघ/ अर्थ र व्यापार - अर्थ मन्त्रालयले गत आर्थिक वर्ष २०७४र७५ को विकास सहायता प्रतिवेदन सार्वजनिक गरेको छ । मन्त्रालयले गत आर्थिक वर्ष करिब १ अर्ब ६२ करोड २८ लाख अमेरिकी डलर बराबरको विकास सहायता परिचालन भएको प्रतिवेदनमा उल्लेख छ । यो तथ्याङ्क अघिल्लो आर्थिक वर्षको तुलनामा १६ प्रतिशतले बढी हो ।

अघिल्लो आर्थिक वर्षमा १ अर्ब ३९ करोड ४६ लाख अमेरिकी डलर सहायता परिचालन भएको थियो । यस अवधिमा परिचालित कूल सहायता रकममा ऋण सहायताको अंश ५०.५ प्रतिशत, अनुदान सहायताको अंश ३५.१ प्रतिशत र प्राविधिक सहायताको अंश १४.४ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा ऋण सहायतामा बृद्धि भएको छ । भने प्राविधिक सहायतामा केही कमी आएको अर्थ मन्त्रालयले जनाएको छ ।

प्राप्त सहयोग मध्ये ७८ प्रतिशत राष्ट्रिय बजेट प्रणाली मार्फत प्राप्त भएको छ । अझै २२ प्रतिशत सहायता राष्ट्रिय बजेट प्रणाली बाहिरबाट परिचालन भएको प्रतिवेदनमा उल्लेख छ । अघिल्लो आर्थिक वर्षमा राष्ट्रिय बजेट प्रणाली मार्फत ७३ प्रतिशत प्राप्त भएको थियो । यस अवधिमा परिचालित सहायता मध्ये ४५ प्रतिशत अर्थात ७२ करोड ७० लाख अमेरिकी डलर प्रत्यक्ष वा अप्रत्यक्ष जेन्डर सर्पोटसँग सम्बन्धित छ । बहुपक्षीय विकास साझेदार मध्ये विश्व बैंक समूहले सबै भन्दा बढी ५३ करोड ३५ लाख अमेरिकी डलर सहायता प्रवाह गरेको छ । त्यस्तै एसियाली विकास बैंकले २९ करोड १७ लाख, युरोपियन युनियनले ११ करोड ७८ लाख, संयुक्त राष्ट्रसंघ समूहले ६ करोड ५६ लाख र कृषि विकासका लागि अन्तराष्ट्रिय कोषले १ करोड ५८ लाख अमेरिकी डलर सहायता गरेको छ ।

बहुपक्षीय विकास साझेदाहरुको सहयोग द्धिपक्षीय साझेदार भन्दा बढी रहेको छ । परिचालित कूल सहयोग मध्ये बहुपक्षिय विकास साझेदारको ६४ प्रतिशत र द्विपक्षीय विकास साझेदारको ३६ प्रतिशत योगदान रहेको छ । द्धिपक्षीय साझेदारमा सबै भन्दा बढी बेलायतको योगदान छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।