logo

देवः विकास बैंक र वेष्ट्रन डेभलपमेन्ट बैंक मर्जरमा जाने तयारी

    866   पटक पढिएको

२० जेठ /अर्थ र व्यापार - देवः विकास बैंक र वेष्ट्रन डेभलपमेन्ट बैंकलाई एक बराबर एकको अनुपातमा गाभिने भएको छ । गाभ्ने गाभिने प्रस्ताव सहित दुबै बैंकले असार १२ गते वार्षिक साधारणसभा डाकेका छन् । देवः विकास बैंकले यस अगाडि वेष्ट्रन डेभलपमेन्ट बैंकलाई गाभ्ने प्रस्ताव गरेको थियो ।  

वेष्ट्रनले साधारणसभामा चुक्ता पुँजीको १४.७४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । बैंकको हालको चुक्ता पुँजी ५० करोड ४० लाख रुपैयाँ रहेको छ । यसै पुँजीका आधारमा बैंकले ७ करोड ४२ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने भएको हो । बैंकले हाल संस्थापक र सर्वसाधारण समुहको शेयर अनुपात ५५.१७ प्रतिशत र ४४.८३ प्रतिशतको अनुपातलाई ५१ प्रतिशत र ४९ प्रतिशत बनाउने गरी शेयर संचरना परिवर्तन गर्ने भएको छ । त्यस्तै देवः विकास बैंकले आगामी साधारणसभामा चुक्ता पुँजीको ५.५ प्रतिशत बोनस शेयर दिने प्रस्ताव अगाडि सारेको छ ।

बैंकको हालको चुक्ता पुँजी दुई अर्ब ५३ करोड रुपैयाँ रहेको छ । बोनस शेयरपछि बैंकको चुक्ता पुँजी दुई अर्ब ६७ करोड रुपैयाँ पुग्नेछ । वेष्ट्रनलाई गाभेसँगै देवको चुक्ता पुँजी तीन अर्ब १७ करोड रुपैयाँ पुग्ने छ । निक्षेप संकलन २१ अर्ब ३० करोड रुपैयाँ नाघ्नेछ भने ऋण लगानी १९ अर्ब ८९ करोड रुपैयाँ पुग्नेछ । देवको तुलनामा वेष्ट्रनको खराव कर्जा र कस्ट अफ फण्ड कम छ । बैंकले साधारणसभा प्रयोजनका लागि असार ६ गतेदेखि १२ गतेसम्म बुक क्लोज गर्ने भएको छ । वेष्ट्रनको हकमा देवः विकास बैंकसँग गाभिने सम्झौता गरेसँगै २०७५ असार २७ गतेदेखि दोस्रो बजारमा कारोबार रोक लगाइएको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।