logo

नेपाल राष्ट्र बैंकद्वारा बाणिज्य बैंकहरुलाई ‘काउन्टर साइकल क्यापिटल बफर’ कायम गर्न लगाइने

    1449   पटक पढिएको

८ पुस/ अर्थ र व्यापार  - चुक्ता पूँजी बृद्धि हुने गरी नेपाल राष्ट्र बैंकले बाणिज्य बैंकहरुलाई ‘काउन्टर साइकल क्यापिटल बफर’ कायम गर्न लगाउने भएको छ । २०७६ असार मसान्तसम्म यो ब्यवस्था गरिसक्ने राष्ट्र बैंकले जनाएको छ ।

काउन्टर साइकल बफर कायम गर्नका लागि राष्ट्र बैंकले नाफाबाट नगद लाभांसभन्दा बोनस शेयर वितरण गर्न लगाउने छ । अहिले बोनस शेयर वितरणका लागि ११ प्रतिशतको पूँजी कोष अनुपात कायम गर्नु पर्ने ब्यवस्था छ । यसलाई बढाउन खोजिएको हो ।
अन्तराष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले पनि नेपाली बैंकहरु ऋण बिस्तारमा आक्रमक हुँदा जोखिम बढ्दै गएको भन्दै पूँजी बृद्धि गर्न सुझाव दिएको थियो । आइएमएफले बैंकहरुको आक्रामक नीतिका कारण यसलाई बढाएर साढे १३ प्रतिशत पुर्याउन सुझाब दिएको थियो । अहिले अधिकांस बैंकको पूँजी कोष अनुपात १२र१३ प्रतिशत छ ।

साढे १३ प्रतिशत कायम गर्नका लागि बैंकहरुले चुक्ता पूँजी बढाउनु पर्ने हुन्छ । नभए बैंकहरुले ऋण लगानी गर्न सक्दैनन् । आइएमएफको भनाइलाई मानेर जाँदा आधा दर्जन बैंकहरुलाई मात्र सहज अवस्था हुने छ । मुद्रा कोषको सुझाबभित्र रहेर डेपुटी गभर्नर शिवराज श्रेष्ठ नेतृत्वको मुद्रा तथा पूँजी बजारका समस्या समाधानका उपाय दिन बनेको कार्यदलले पनि पूँजी बढाउने संकेत गरेको हो । राष्ट्र बैंकले तीन बर्षअघि मात्र चुक्ता पूँजी चार गुणाले बढाएको थियो ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।