logo

सिभिल बैंकको खुद नाफामा बढोत्तरी, ३५ करोड ९७ लाख रुपैयाँ खुद नाफा आर्जन

    941   पटक पढिएको

२९ माघ /अर्थ र व्यापार - सिभिल बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ३५ करोड ९७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्ष यसै अवधिको तुलनामा बैंकको खुद नाफा ११ करोड ९५ लाख रुपैयाँ अर्थात ४९.७८ प्रतिशतले बढोत्तरी भएको हो ।

गत आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकको खुद नाफा २४ करोड एक लाख रुपैयाँ रहेको थियो । नेपाल फाइनान्सिङ्ग रिर्पो्टिङ्ग स्ट्याण्डर्ड (एनएफआरएस) अनुसार बैंकले ३५ करोड ९७ लाख खुद नाफाबाट राष्ट्र बैंकको व्यवस्था अनुरुप रेगुलेटरी एड्जस्टमेन्ट वापत ११ करोड ९९ लाख रुपैयाँ व्यवस्था गर्दा बैंकको खुद नाफाभन्दा फ्रि प्रोफिट घटेको देखिन्छ ।

चालू आवको पुस मसान्तसम्ममा बैंकको वितरण योग्य नाफा (फ्रि प्रोफिट) २३ करोड ९८ लाख रुपैयाँ रहेको छ । गत वर्ष यसै अवधिको तुलनामा बैंकको फ्रि प्रोफिट दुई करोड २८ लाख रुपैयाँ अर्थात १०.५३ प्रतिशतले धेरै हो ।

समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी ५ करोड १८ लाख रुपैयाँबाट ५४.३५ प्रतिशतले बढेर ८ अर्ब ३३ लाख रुपैयाँ पुगेको छ । पूँजी वृद्धिको बाबजुत बैंकले व्यवसायको आकार बढाएर ६० प्रतिशत बढी ब्याज आम्दानी गर्दा मुनाफामा सुधार भई इपिएस बढ्न पुगेको छ ।

गत आवको पुस मसान्तसम्ममा बैंकको बैंकको प्रतिशेयर आम्दानी वार्षिक ८ रुपैयाँ ३४ पैसा रहेकोमा चालू आवको यसै अवधिमा ९ रुपैयाँ १ पैसा कायम भएको छ । यद्यपी बैंकको प्रतिशेयर नेटवर्थ भने १३ रुपैयाँ घटेर १३३ रुपैयाँ ९३ पैसा रहेको छ भने मूल्यआम्दानी अनुपात १७.०९ गुणा बढी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।