logo

आजदेखि ‘सिटिजन्स म्युचुअल फण्ड २’ को दश करोड इकाई निष्काशन

    895   पटक पढिएको

९ जेठ /अर्थ र व्यापार - आजदेखि सिटिजन्स म्युचुअल फण्ड २ ले दश करोड इकाई निष्काशन गरेको छ । फण्डले दश करोड इकाईमध्ये एक करोड ५० लाख योजना व्यवस्थापकको लागि सुरक्षित गरेको छ भने बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणको लागि निष्काशन गरेको हो । 

सिविआईएल क्यापिटलले व्यवस्थापन गरेको यो दोस्रो म्युचुल फण्ड हो । सर्वसाधारणले न्युनतम १०० इकाई र अधिकतम दुई करोड इकाइसम्मको लागि आवेदन दिन सक्ने छन्। फण्डले छिटोमा जेठ १३ गतेसम्म निष्काशन गर्ने छ  यदि पहिलो चरणमा बिक्री नभएमा ढिलोमा असार ८ गतेसम्म निष्काशन गर्नेछ । 

सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट आस्वा सुविधाका लागि अनुमति प्राप्त सम्पुर्ण बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन पाउने छन् । मेरो शेयरमा खाता खोलेकाहरुले आफैले अनलाइनबाट आवदेन दिन सक्छन् । यस फण्डको योजना अवधि ७ वर्षको रहनेछ । फण्डले दोस्रो बजारमा सूचिकृत कम्पनीहरुको शेयरमा ८६ प्रतिशतसम्म लगानी गर्न पाउनेछ । त्यस्तै सरकारी स्वामित्वमा रहेका वा नियन्त्रणमा रहेका कुनै पनि संस्था वा नेपाल राष्ट्र बैंकले जारी गरेका ऋणपत्र ट्रेजरी विल तथा बैंक निक्षेपमा १४ प्रतिशतसम्म लगानी गर्न सक्नेछ ।

सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट आस्वा सुविधाका लागि अनुमति प्राप्त सम्पुर्ण बैंक तथा वित्तीय संस्थाका साथै मेरो शेयर मार्फत अनलाइन आवेदन दिन सकिनेछ । फण्डले सात वर्षको अवधि ५ वर्षसम्म लाभांस दिन सक्ने प्रक्षेपण गरेको छ । फण्डले सार्वजनिक गरेको प्रक्षेपण अनुसार दोस्रो वर्षेदेखि छैठौ वर्षसम्म लगातार लाभांस दिन सकिने जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।