logo

चिनियाँ ह्याकरले पैसा झिकेपछि प्रभु बैंकले नेप्ससँगको सहकार्य तोड्यो, युनियन पे कार्ड जारी 

    981   पटक पढिएको

 २३ मंसिर / अर्थ र व्यापार - प्रभु बैंक लिमिटेडले ’युनियन पे’ कार्ड सञ्चालनमा ल्याउने भएको छ। बैंकले माघ १ बाट नयाँ कार्ड चल्ने भएकाले पुराना सबै साटिसक्न ग्राहकहरुलाई आग्रह गरेको छ।

चिनियाँ ह्याकरले नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) को प्रणाली कब्जामा लिएर पैसा झिकेपछि प्रभु बैंकले नेप्सलाई छाडेर युनियन पे कार्ड सञ्चालन गरिरहेको स्मार्ट च्वाइस टेक्नोलोजी (एससिटी) सँग सहकार्य थालेको हो।

’अहिले हामीले नयाँ कार्ड जारी गरिरहेका छौं’ बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले भने, ’हामीसँग करिव करिव अढाइ लाख पुराना कार्ड छन्। अब सबैलाई युनियन पे कार्डले रिप्लेस गर्ने छौं।’
प्रभुले भिजा नेटवर्कसँगको सहकार्य भने कायम राख्ने छ। युनियन पे नेपालजस्तै गरी भारतमा पनि सजिलै चल्छ। यसबाहेकका मूलुकमा सञ्चालन गर्न युनियन पेको डलर कार्ड बोक्नु पर्छ।

नेप्समा १८ वटा बैंक तथा वित्तीय संस्था आवद्ध छन्। प्रभुले नेप्ससँगको सहकार्य तोडेसँगै अन्य केही बैंकले पनि तोड्ने भएका छन्। नेप्सले अहिलेसम्म पनि गल्ति कोबाट कसरी भयो भन्ने जानकारी दिन सकेको छैन। साथै नेप्सबाट चोरी भएको तथ्याङ्कहरु प्रयोग गरेर अर्को नक्कली कार्ड बन्ने खतरा पनि उत्तिकै छ। त्यही भएर आत्तिएको प्रभु बैंकले नेप्सबाट चुहिएको सुचनाका कारण थप क्षति नहोस् भनेर युनियन पे कार्ड जारी गरेको हो।

’नेप्सबाट के कति तथ्याङ्क चोरी भएको छ भन्ने अझै पनि छैन’ बैंक स्रोतले भन्यो, ’त्यो तथ्याङ्कका कारण अरु कार्ड पनि क्लोनिङ हुन सक्छ। त्यसैले जोखि उठाउनु भन्दा नयाँ प्रणालीमा जाँदा नै सुरक्षित महशुस गरेका छौं।’

युनियन पे र भिसा नेटवर्क प्रतिस्पर्धि हुन्। यद्यपी भिसाको भन्दा युनियन पेको सेवा शुल्क कम पर्छ। सेवा शुल्क ग्राहकले तिर्नु नपरे पनि सेवा प्रदायकले तिर्नु पर्छ।  नेप्सका अनुसार, के कति क्षति भएको र कसरी प्रणाली जोखिममा पर्यो भनेर अनुसन्धानका लगि जिम्मा दिइएको सिङ्गापुरको फरेन्सिक टिमले अहिलेसम्म पनि प्रतिवेदन दिएको छैन। जबकी उनीहरुले एक महिनाअघि नै प्रतिवेदन दिइसक्नु पर्ने थियो।

 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।