logo

छिमेक लघुवित्तद्वारा जगेडा कोषलाई दोब्बर बनाएको वित्तीय विवरण सार्वजनिक  

    983   पटक पढिएको

२० माघ /अर्थ र व्यापार - छिमेक लघुवित्त  वित्तीय संस्थाले आफ्नो प्रगतिको रफ्तारलाई अझ बढाउनुको साथै जगेडा कोषलाई दोब्बर बनाएको वित्तीय विवरण आज(आइतबार)  सार्वजनिक गरेको छ । खुद नाफा, निक्षेप संकलन र कर्जा परिचालन लगायतका सबै सूचाङ्कमा गरेको सन्तुलित वृद्धिले संस्थागत सुशासन बलियो र सबल कम्पनीको नियमन र आड भरोसामा चल्ने संस्थाले सधै क्रमबद्ध प्रगति गर्ने इंकित गर्दछ ।

चालु आवको ६ महिना अवधिमा छिमेक लघुवित्तले ३९ करोड २३ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत आवको पुस मसान्तको तुलनामा कम्पनीले ८१.६९ प्रतिशत अर्थात १७ करोड ६४ लाख रुपैयाँ धेरै नाफा कमाएको हो । गत आवको पुस मसान्तमा लघुवित्तले  २१ करोड ५९ लाख रूपैयाँ मात्र खुद नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको पुस मसान्तको तुलनामा लघुवित्तको जगेडा कोषको आकार दोब्बर बनेको छ ।

समीक्षा अवधिमा जगेडा कोषको आकार ७३ करोड १० लाखबाट एक अर्ब ५६ करोड ११ लाख पुगेको हो। राष्ट्र बैंकको निर्देशन बमोजिम कम्पनीले छिमेक समाज सेवा संस्थाको नाममा गरेका लगानीहरू समेत जगेडा कोषमा सञ्चित गरेकाले जगेडा थप मजबुत बनेको हो । चुक्ता पूँजीभन्दा जगेडा कोष मजबुत रहेकाले कम्पनीको लगानीमा जोखिम ब्यवस्थापन धेरै सहज देखिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।