logo

चौतारी लघुवित्तले ६ लाख कित्ता प्राथमिक शेयर निष्काशन तथा बिक्री खुला

    876   पटक पढिएको

१९ मंसिर/ अर्थ र व्यापार - चौतारी लघुवित्त वित्तीय संस्थाले आजेदेखि सर्वसाधारणको ६ लाख कित्ता प्राथमिक शेयर निष्काशन तथा बिक्री खुला गरेको छ । संस्थाले ६ लाख कित्तामध्ये प्रति शेयर १०० रुपैयाँको दरले ९ हजार ३०० कित्ता कर्मचारीहरुको लागि, तीस हजार कित्ता सामुहिक लगानी कोषहरुलाई र ५ लाख ६० हजार ७०० कित्ता आइपिओ सर्वसाधारणहरुको लागि निष्काशन गरेको हो ।  

संस्थाले छिटोमा मंसिर २३ गते र पहिलो चरणमा बिक्री नभएमा ढिलोमा पुष १९ गतेसम्म बिक्री खुला गर्ने धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक एनआर्इ्विएल एस क्यापिटलले जनाएको छ । सर्वसाधारण लगानीकर्ताले न्युनतम ५० कित्ता र अधिकतम ३ हजार कित्तासम्मको लागि आवेदन दिन सक्ने छन् । आवेदनको लागि नेपाल धितोपत्र बोर्डबाट सुविधा प्राप्त बैंक तथा वित्तीय संस्थाहरु वा मेरो शेयर मार्फत अनलाइन आवेदन दिन सक्ने छन् ।

संस्थाले प्राथमिक शेयर निष्काशनका लागि गरेको क्रेडिट रेटिङ अनुसार इक्रा एनपि आइपिओ ग्रेड चार प्राप्त गरेको छ । इक्रा नेपालका अनुसार यस रेटिङले औषत भन्दा कमजोर आधार रहेको जनाउँदछ ।  

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।