logo

सेञ्चुरी कमर्सियल बैंकको नाफा ८ प्रतिशतले बढ्यो

    940   पटक पढिएको

५ भदौ / अर्थ र व्यापार – गत आव २०७३/७४ मा सेञ्चुरी कमर्सियल बैंकको नाफा ८ प्रतिशतले बढेर ४४ करोड ७४ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आव २०७२/७३ मा भने बैंकको नाफा ४१ करोड ३५ लाख रहेको थियो । यससँगै वित्तीय विवरण प्रकाशित गरेका सबै २७ मध्ये २३ बैंकको नाफा अर्बमाथि पुगेको छ । 

कुल २८ बैंकको नाफामा भने करिब २६ प्रतिशतले वृद्धि भएर ४५ अर्ब २७ करोड पुगेको छ । बैंकको खुद व्याज आम्दानी करिब २९ प्रतिशतले बढेर १ अर्ब १३ करोड रुपैयाँ पुगेको छ । बैंकले फि कमिसनबाट ६ करोड रुपैयाँ, अन्य सञ्चालनबाट १८ करोड र बिदेशी मुद्राको कारोबारबाट बैंकले १० करोड रुपैयाँ आम्दानी गरेको छ ।

बैंकले यसअघि नोक्सान वापत राखेको ३ करोड फिर्ता ल्याएको छ । यसपटकसम्भावित नोक्सान व्यवस्थाको लागि बैंकले १७ करोड रुपैयाँ छुट्याएको छ । बैंकको खराब कर्जा १.१५ प्रतिशत रहेको छ भने प्रावधान १ सय ४० प्रतिशत गरेको छ । बैंकको प्रतिसेयर आम्दानी ८.२ रुपैयाँ, मूल्य आम्दानी अनुपात ३५.३९ गुणा र प्रतिसेयर नेटवर्थ १ सय २१ रुपैयाँ रहेको छ ।

बैंकको चुक्ता पुँजी ५ अर्ब ४६ करोड रहेको छ । चुक्ता पुँजी बढेपछि सेयरमा प्रतिफल घटेर यो दर ७.२२ प्रतिशतमा सिमित भएको छ । बैंकले नाफाबाट २० प्रतिशत रकम सञ्चितीमा र १ प्रतिशत रकम सामाजिक उत्तरदायित्वको लागि छुट्याएपछि लगभग ६.४७ प्रतिशत लाभांश दिन सक्ने देखिन्छ । सञ्चिती रकममा यसअघि बाड्न योग्य रकम रहेमा यो दर बढ्न सक्छ ।

बैंकको सञ्चिती १ अर्ब १८ करोड रहेको छ । बैंकको निक्षेप संकलन ४७ प्रतिशतले बढेर ४२ अर्ब र कर्जा लगानी १४ प्रतिशतले बढेर ३९ अर्ब रुपैयाँ पुगेको छ । बैंकको सीसीडी रेसीयो ७३.६३ प्रतिशत रहेको उल्लेख छ । कर्जा लगानीको लागि आधार लिइने बेस रेट ११.१७ प्रतिशत रहेको छ । बैंकमा पुँजी पर्याप्तता अनुपात १६.५७ रहेको छ ।

बैंकको कर्मचारी लागत करिब ९ करोडले बढेको छ भने अन्य सञ्चालन लागत पनि ५ करोडले वृद्धि भएको छ । बैंकले ओभर ड्राफ्ट शीर्षकमा ६ अर्ब र सेयर धितोमा कर्जा ९ करोड लगानी गरेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।